सन्दर्भ ब्याजदर : मंगलबार प्राविधिक उपसमितिको बैठक र ब्यवस्थापकहरुकाे छलफल
सहकारी संस्थाका संचालकहरुले सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न दवाव दिएसँगै मंगलबार यसबारेमा छलफल गर्न प्राविधिक उपसमितिको बैठक बस्ने भएको छ । यसैगरी मंगलबार नै राष्ट्रिय सहकारी महासंघको आयोजनामा यस बिषयमा सहकारीका ब्यवस्थापकहरुबीच समेत छुट्टै छलफल हुन लागेको छ ।