रातारात सहकारीको ब्याजदर परिवर्तन हुन सक्दैन : ओमदेवी मल्ल 

रातारात सहकारीको ब्याजदर परिवर्तन हुन सक्दैन : ओमदेवी मल्ल  :: Sahakari Akhabar

काठमाडौैं । राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सहकारी क्षेत्रमा चाहाँदैमा रातारात ब्याजदर परिवर्तन गर्न नसकिने स्पष्ट पारेकी छिन् । सोमबार सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभामा बोल्दै उनले ब्याजदर निर्धारण समितिमा सहकारीको उपस्थिती कमजोर रहेको र रजिष्ट्रारले नचाहेसम्म बैठक समेत बस्न नसक्ने अवस्था रहेको बताइन् ।

‘संघिय सहकारी विभागका रजिष्ट्रार संयोजकत्वमा रहने समितिमा सरकारका ५ जना भएपछि सहकारीको तर्फबाट ४ जना सदस्य हुन्छन्, रजिष्ट्रारले नचाहेसम्म बैठक समेत बस्न सकिदैन’ सन्दर्भ ब्याजदर निर्धार समितिका सदस्य समेत रहेकी मल्लले भनिन्, ‘हामीले छिटो बैठक राख्न रजिष्ट्रार र मन्त्रीलाई झक्झक्याएका छौं, नराखेमा दवावमुलक कार्यक्रममा पनि जानुपर्छ ।’

बैंक तथा वित्तीय संस्थाहरुले असोज एक गतेदेखि ब्याजदर बढाएपछि सन्दर्भ ब्याजदर बढाउन सहकारीका संचालकहरुले दवाव दिइरहेका छन् । 

ब्याजदर निर्धारण समितिको फागनु १३ गते बसेको बैठकले सन्दर्भ ब्याजदर १६ प्रतिशत कायम गर्दै चार/चार महिनामा बैठक बसेर ब्याजदर पुनरावलोकन निर्णय गरेको थियो । तर, ६ महिना बितिसक्दा पनि अहिलेसम्म सन्दर्भ ब्याजदरको बैठक कहिले बस्ने अझै अन्योल छ । 



Leave a comment