ऐन र नियमावली अनुसार ब्याजदर १६ प्रतिशतभन्दा माथि जाँदैन : पौड्याल

ऐन र नियमावली अनुसार ब्याजदर १६ प्रतिशतभन्दा माथि जाँदैन : पौड्याल :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले सहकारी ऐन र नियमावली अनुसार सन्दर्भ ब्याजदर १६ प्रतिशत भन्दा जान नसक्ने अवस्था देखिएका बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले आयोजना गरेको ‘सन्दर्भ ब्याजदर सम्बन्धी’ छलफल कार्यक्रममा बोल्दै उनले ऐन तथा नियामावलीमा तोकेका बाहेकका आधार पनि खोज्नुपर्नेमा जोड दिए । 

सन्दर्भ ब्याजदर निर्धारण समितिका सदस्य समेत रहेका अध्यक्ष पौडेलले सन्दर्भ ब्याजदरको प्रावधान नीतिगत रुपमै गलत ढंगले आएको बताए । ‘मूल्उ निर्धारण गर्ने विषय नितान्त रुपमा सहकारी संस्थाको आन्तरिक विषय हो’ उनले भने, ‘सहकारीमा सन्दर्भ ब्याजदरका नाम सिमा तोक्नु गलत हो ।’ सहकारी ऐन कार्यान्वयन गर्दा सहकारीलाई अफ्ठेरो पार्ने सन्दर्भ ब्याजदर लागू गरेपछि अरु प्रावधान कार्यान्वयन गर्न वेवास्ता गरेको उनले आरोप लगाए । 

अहिले दुर्तगतिमा सन्र्दभ ब्याजदर पुनरावलोकन नभए दशैंअघि पुनरावलोकन नहुने स्थिती रहेको न्यायिक ढंगले सम्बोधन नभए उल्लंघन हुने अध्यक्ष पौड्यालले चेतावनी दिए । ‘समयसापेक्ष पुनरावलोकन नभए सहकारी सञ्चालन तथा व्यवस्थापनमा चुनौती थपिन्छ’ उनले भने, ‘यो सामाजिक सुधार ऐन जस्तो कार्यान्वयन गर्न नसकिने विषय नबनोस् भन्ने चाहान्छौं ।’

आफु ब्याजदर निर्धारण समितिमा भएपनि अभियानको दवाव झेल्नका लागि सामाजिक संजालमा लेख्नुपरेको समेत अध्यक्ष पौड्यालले स्पष्टिकरण दिए । उनले केहि दिनअघि सन्दर्भ ब्याजदर पुनरावलोकन नभएमा भद्र अवज्ञा गर्नुपर्ने भन्दै सामाजिक संजालमा टिप्पणी लेखेका थिए । जिम्मेवार पदमा बसेका व्यक्तिले सदस्यहरुलाई भड्काउने अभिव्यक्ति दिएको भन्दै उनको आलोचना भइरहेको छ ।



Leave a comment