सन्दर्भ ब्याजदर अवज्ञा गर्नेलाई कारवाही गर्ने उपरजिष्ट्रारको चेतावनी 

सन्दर्भ ब्याजदर अवज्ञा गर्नेलाई कारवाही गर्ने उपरजिष्ट्रारको चेतावनी  :: Sahakari Akhabar

काठमाडौं । सहकारी अभियन्ताहरुले सन्दर्भ ब्याजदर पुनरावलोकन नगरे भद्र अवज्ञा गर्ने चेतावनी दिइरहेका बेला संघिय सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले भने सन्दर्भ भने पालना नगरेमा कारवाही गर्ने बताएका छन् । 
नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले बुधबार गरेको सन्दर्भ ब्याजदर सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उपरजिष्ट्रार उपाध्यायले कानुन अनुसार मात्र ब्याजदर समायोजन हुने र तोकिए भन्दा बढि लिनेलाई कारवाही गर्ने बताए । सन्दर्भ ब्याजदर प्राविधिक उपसमितिका संयोजक समेत रहेका उपाध्यायले विभिन्न कोणबाट अध्ययन गरी सन्दर्भ ब्याजदर निर्धारण समितिलाई सुझाव दिने बताए । ‘निर्णय गर्ने अधिकार हामीसँग छैन’ उनले भने, ‘हामीले दिएको सुझाव लगायतका आधारमा समितिले निर्णय गर्ने हो’ उनले भने । 

सहकारी निम्न आय भएका गरिव, भुमिहिन तथा किसानका लागि स्थापना गरिएको भन्दै उपरजिष्ट्रार उपाध्यायले कमजोर वर्गलाई हित हुनेगरी विभागले निर्णय गर्नुपर्ने बताए । ‘कमजोरलाई हित हुन्छ भने २० प्रतिशत बनाउँन पनि सकिन्छ’ उनले भने । 

सहकारीका पीडित दिनप्रतिदिन बढ्दै गएको उनले बताए । ‘विभागमा पीडित आएका आए छैन्’ उपाध्याय भन्छन्, ‘सहकारीका समस्या समाधान गर्न अभियान र राज्यको संयुक्त पहलबाट अघि बढ्नुपर्छ ।’ 

सहकारीको संख्या उल्लेख्य बढेको तर गुणस्तर हुन नसकेकाले अब संख्या घटाएर गुणस्तर बनाउनतर्फ लागेको उपरजिष्ट्रार उपाध्यायले बताए । ‘सहकारी एकीकरणमा प्राथमिकता राखेर सहकारी व्यवस्थित बनाउने हाम्रो लाइन हो’ उनले भने । 



Leave a comment