काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारीको दर्ता अभिलेखीकरण तथा सञ्चालन इजाजतपत्रका लागि थप कागजात पेश गर्नुपर्ने सम्बन्धी सूचना जारी गरेको छ । प्राधिकरणले सञ्चालन इजाजत पत्र प्राप्त गर्नका लागि सहकारी संस्थाका सञ्चालकहरुको योग्यता तथा अनुभवको विषयमा थप प्रष्ट पार्दै आज १७ गते सूचना जारी गरेको हो । प्राधिकरणले फिट एण्ड प्रोपर टेष्ट सम्बन्धी कतिपय संस्थाहरुबाट इजाजतपत्र प्राप्त गर्ने मापदण्ड सम्बन्धमा सोधनी भएकोले सूचना जारी गरेको जनाएको छ ।
जारी सूचनामा, बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको दर्ता अभिलेखीकरण मापदण्ड (सातौं संशोधन) बमोजिम प्राधिकरणबाट सञ्चालन इजाजतपत्र प्राप्त गर्नका लागि सहकारी संस्थाका सञ्चालकहरुको योग्यता तथा अनुभव (फिट एण्ड प्रोपर टेष्ट सम्बन्धी नयाँ व्यवस्था लागु भएको सन्दर्भमा कतिपय संस्थाहरुबाट इजाजतपत्र प्राप्त गर्ने मापदण्ड सम्बन्धमा सोधनी भईरहेको हुँदा देहायबमोजिम गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।
१, साविक मापदण्डको व्यवस्था बमोजिम दर्ता अभिलखीकरण तथा सञ्चालन इजाजतपत्रका लागि FCRS प्रणालीमा विवरण प्रविष्ट गरिसकेका सहकारी संस्थाहरुले अन्य विवरणका अतिरिक्त निम्न बमोजिमको थप विवरण तथा कागजात समेत अपलोड गर्नुहुनः
क) बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ को दफा ३ बमोजिम संचालक पदाधिकारी तथा व्यवस्थापकको फिट एण्ड प्रोपर टेस्टको कागजातहरुको व्यक्तिगत अभिलेख तयार गरी मापदण्डको खण्ड (च) बमोजिमको ‘फौजदारी अभियोगमा सजाय नपाएको, पाएको भए कसूर बमोजिमको सजाय भुक्तान भएको न्यूनतम तीन वर्ष पूरा भएको र (छ) बमोजिमको बैकिङ्ग तथा वित्तीय कसूरमा सजाय नपाएको, पाएको भए कसूर बमोजिमको सजाय भुक्तान भएको न्यूनतम तीनवर्ष पूरा भएको व्यहोरा प्रहरी प्रतिवेदनबाट र खण्ड (ज) बमोजिम कालो सूचीमा नपरेको, परेको भएमा कालोसूचीबाट हटेको तीनवर्ष पूरा भएको व्यहोरा कर्जा सूचना केन्द्रबाट प्रमाणित भएको कागजात ।
ख) प्रणाली वा वेबसाइटबाट डाउनलोड गरी रीतपूर्वक भरी तयार गरिएको प्रमाणित स्वघोषणा ।
२, दर्ता अभिलेखीकरण तथा इजाजतपत्र प्राप्त गर्ने प्रयोजनका लागि प्राधिकरणको FCRS प्रणालीमा पहिलोपटक विवरण प्रविष्ट गर्दा संशोधित मापदण्डको व्यवस्था बमोजिम बुँदा नं। १ अनुसारका सम्पूर्ण विवरण र कागजातहरु प्रविष्ट गर्नुहुन ।
सूचनाः

प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया