काठमाडौं । महेन्द्रनगर कञ्चनपुरमा रहेको राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृत (प्रमुख कार्यकारी अधिकृत) मा धर्मराज जोशी नियुक्त भएका छन् ।
संस्थाले असोज ३० गते दशैं शुभकामना आदान प्रदान कार्यक्रमका साथै संस्थाका नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको नियुक्ति तथा कार्यविवरण हस्तान्तरण कार्यक्रम समेत सम्पन्न गरेको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष अशोक बहादुर चन्दद्धारा नियुक्ति तथा कार्यविवरण हस्तान्तरण गरेका थिए । कार्यक्रममा संचालक समिति, लेखा सुपरिवेक्षण समिति तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
नव नियुक्त सिइओ जोशीले अहिलेसम्म सिकेका कुराहरु कार्यान्वयन गर्ने ठाउमा आएको र सहकारीको माध्यमबाट सदस्यहरुको जीवनस्तर सुधारका लागि लागिपर्ने बतए ।
मुलतः सहकारीमा युवाहरुलाई जोड्ने, प्रविधिमार्फत नविनतम सेवा दिने र सहकारीहरु एकिकरण मार्फत संस्थागत विकाश गर्ने योजना रहेको जनाए ।
भदौ २७ गते सम्पन्न भएको राष्ट्रिय साकोसको नवौं बार्षिक साधारण सभाले धर्मराज जोशीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
बैजनाथ माध्यमिक विद्यालय जडेपानीमा १४ बर्ष शिक्षण पेशा गरेका जोशीले नेफ्स्कूनमा ५ बर्ष सदस्य सेवा केन्द्र तथा सदस्य सेवा कार्यालयहरुमा प्रमुखको भूमिका सम्हालिसकेका छन् । नेफ्स्कूनले पछिल्लो समय ल्याएको स्वैच्छिक अवकाश योजना अन्तर्गत जोशीले राजिनामा दिएका थिए ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया