सहकारीकर्मी कँडेल, उप्रेती र खड्कालाई सुप्रबल जनसेवाश्री

सहकारीकर्मी कँडेल, उप्रेती र खड्कालाई सुप्रबल जनसेवाश्री :: Sahakari Akhabar

काठमाडौं । सहकारीकर्मीहरु मिनराज कँडेल, केबी उप्रेती र शशी खड्का (गुरुङ) सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित हुने भएका छन् । संविधान दिवसको अवसरमा सरकारको सिफारीसमा राष्ट्रपति विद्यादेवी भण्डारीले करिब एक हजार जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकोमा सहकारी क्षेत्रबाट तीन जना परेका हुन् ।

सुप्रबल जनसेवाश्री पदक पाउनेमध्ये कँडेल सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष हुन् । उप्रती राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा महासंघका संचालक हुन् । यसैगरी सहकारीकर्मी खड्का भने सन्तानेश्वर नौधारा बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष हुन् । 

यसैगरी बागमती प्रदेश सहकारी विभागका रजिष्ट्रार नारायणप्रसाद ज्ञवालीले पनि सुप्रबल जनसेवाश्री पदकबाट बिभुषित भएका छन् ।संविधान दिवसको अवसर पारेर सोमबार घोषणा गरिएको मानपदवी नयाँ वर्षको अवसर पारेर बैशाख १ गते प्रदान गर्ने गरिएको छ ।  
 



Leave a comment