समयक्रममा सामाजिक, आर्थिक अवस्था, ब्यवहार र आवश्यकता बदलिएका छन । बखान सिंह गुरुङको समयको सहकारीको आवश्यकता र प्राथमिकता बदलिएका छन । हिजोका सामाजिक तथा आर्थिक आवश्यकताहरु बर्तमानमा नयाँ स्वरुपका आवश्यकता बनेर आएका छन ।
ब्यक्तिहरुका सामाजिक र आर्थिक सम्बन्धहरु बदलिएका छन , आर्थिक ब्यवहारहरु बदलिएका छन । तर सहकारीको मुल्य र मान्यता आज पनि यथावत छ, आवश्यकता यथावत छ । शैलीमा रुपान्तरण आवश्यक छ ।
समाजको रुपान्तरण संगै सामाजिक इकाइहरुको पनि रुपान्तरण आवश्यक छ । परिवर्तित स्वरुपको सामाजिक अवस्था र सम्बन्धहरुलाई आत्मसात नगर्ने सामाजिक इकाइहरु असान्दर्भिक हुदै जान्छन वा त्यसको क्षमता र गुणमा ह«ास आउदै जान्छ ।
सहकारी संस्थाहरु अझ खास गरि बित्तीय सहकारी संस्थाहरु अहिले यहि दोवाटोमा उभिएका छन । परिवर्तित समयमा परिस्कृत हुदै जाने कि विभिन्न स्वार्थ र हाम्रा अक्षमताका कारण सहकारीलाई २०५० सालबाट अगाडि बढ्न नदिने, निर्णय गर्नु पर्ने यीनै सवालहरु रहेका छन । सामान्यतया सदस्यहरुले नियमित बचतबाट ठुलो नाफाको अपेक्षा गर्दैनन ।
सहकारीको नियमित बचत शेयरबजारको लगानी होइन । यो भविष्यको भरोसा हो । बचतको गुण , यसको सामथ्र्य र आवश्यकताका बारेमा सहकारी सञ्चालकहरुले नै पहिला बुझ्ने र सदस्यलाई बुझाउने कुरामा कमि भएकोछ । सञ्चालकहरुले नै सहकारीलाई बचतको मन्दिर ठान्दैनन भने सहकारीलाई अनुचित र अदृष्य नाफाको क्षुद्र आसक्तिबाट मुक्त गर्न सकिदैन ।
हाल कतिपय सहकारी संस्थाहरुले लगानी गर्न नसकेको नाउमा सदस्यको बचत फिर्ता गरेको पाइन्छ । सदस्यले आफ्नै आवश्यकताले बचत रकम फिर्ता लिनु स्वभाविक हो । तर संस्थाले निर्णय गरेर अनिवार्य रुपमा बचत फिर्ता लैजान सदस्यलाई बाद्य गर्ने कार्य बचत सहकारीको भावनाको प्रतिकुल ब्यवहार हो ।
ब्याज कम वा बढि हुने कुरा बित्तीय बजारले निर्धारण गर्ला । सदस्यले मासिक रुपमा नियमित जम्मा गर्ने बचत समेत फिर्ता गर्ने कार्यले सदस्यहरुले भविष्यका लागि वा बृद्धावस्थाकालागि गरेको योजना विपरित संस्थाहरुले बचत नहुने अवस्था सृजना गर्नु हुदैन ।
बित्तीय सहकारीलाई केबल मुनाफाको खेति ठान्ने सस्कारले गर्दा यसको ब्यवस्थापनमा रुपान्तरण हुन सकेको छैन । अहिलेका कानूनी ब्यवस्था र आमरुपमा सहकारी सञ्चालनको तौरतरिका विच धेरै भिन्नता रहेकोछ। धेरै सहकारीहरुले बर्तमान कानूनी तथा नियामकीय ब्यवस्थाहरुलाई स्विकार गर्न सकेको पाइदैन ।
सहकारी संस्थाहरुले सञ्चालनको लामो अवधि पार गरिसक्दा पनि नीति, विधी र प्रविधी विहिन भएर पुरातन शैली वा दयनीय अवस्थामा सञ्चालन गर्नुको अर्थ केवल केहि थान ब्यक्तिहरुलाई सहकारी सञ्चालक हुने आत्मरति मात्र हो । न यसले सदस्यको सेवा गर्छ, न समुदायमा नै कुनै सकारात्मक प्रभाव दिन सक्छ ।
गर्नु पर्ने के हो त ? सहकारीलाई एक प्रतिष्प्रधि वित्तीय संस्थाको रुपमा स्तरीय सेवा र दिगो संस्था बनाउने कल्पना गर्ने हो भने प्रारम्भिक रुपमा निम्न ४ बुदामा ध्यान दिनु जरुरी छ ।
क) सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गरी सामाजिक–आर्थिकस्तरमा सुधार ल्याउने
सहकारी संस्थाको पहिलो कार्य नै गुणस्तरीय सेवा मार्फत सदस्यको सामाजिक आर्थिक स्तरमा सुधार ल्याउने हो । यसमा सदस्यता र पूजी बृद्धि अत्यावश्यक छ , यसै कारण पल्र्स अनुगमन पद्धतिमा सदस्यता बृद्धि र संस्थाको पुजीबृद्धिलाइ अनिवार्य सुचकका रुपमा राखिएकोछ । सदस्यहरुसंग दिगो सम्बन्ध विकासका लागि उपयुक्त र आवश्यक बस्तु तथा सेवाको विकास गरी सदस्यलाई लाभ र सुरक्षाका बारेमा सहकारीले आश्वस्त बनाउने वातावरण तयार गर्नु आवश्यकछ ।
सदस्यहरुलाई छद्म श्रोतबाट उनिहरुकै रकम फिर्ता होइन कि उद्यमशिलता र स्वरोजगारीको विकासका लागि विभिन्न तालिम र प्रशिक्षणहरु आवश्यक छ । सहकारीका कारण सदस्यको आयमा बृद्धि तथा सामाजिक आर्थिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन निरन्तर प्रयास नै सहकारीको मुल ध्येय हो ।
सहकारीले परम्परागत रुपमा दिने केहि रकम भन्दा उद्यमशिलताको भावना जागृत गराई सदस्यलाई उद्यममा जोड्ने र त्यसका लागि आवश्यक लगानी सहकारीले उपलब्ध गराउने गरी सहकारी क्षेत्र अगाडि आउनु पर्ने आवश्यकता छ ।
अन्यथा वित्तीय सहकारीलाई जारी गरिएका नियमकीय प्रवन्धहरुलाई सहकारी कस्ने योजना भनेर आरोप लगाउनुको अर्थ छैन । परिवर्तित सन्दर्भमा हाम्रो सोच पनि परिवर्तन हुनु आवश्यक छ । सहकारीलाई हामी जति विकास र विस्तार गर्दै जान्छौ, त्यो अनुपातमा दक्ष जनशक्ति, आधुनिक प्रविधीबाट सदस्यलाई गुणस्तरीय सेवा प्रदान गर्न सक्छौ ।
ख) संस्थालाई विधीसम्मत ढङ्गले सञ्चालन गरी व्यवस्थित बनाउने
सहकारीको प्राण नै विधी वा समान ब्यवहार र कृयाकलाप हो । विधी विहीनता सहकारीमा कल्पना गर्न सकिदैन । सहकारीमा विधी नहुँदा के हुन सक्छ भन्ने कुराको सचित्र बर्णन विगत ५ बर्षमा हामी सबैले भोगेका छौ । केहि सहकारी सञ्चालकहरुको गलत कृयाकलापले गर्दा सिंगो सहकारी क्षेत्र नै रक्षात्मक अवस्थामा पुग्नु परेको छ ।
विधीसम्मत विधी तय गर्ने र त्यो विधीको कडाइका साथ पालना सहकारीको विकास र विस्तारका लागि अत्यावश्यक सर्त हो । सहकारीलाई आवश्यक विभिन्न विषयका कार्यविधी , नीति बनाउने र सो नीति कार्यान्वयनकालागि कर्मचारी स्वतन्त्र र सक्षम बनाइएन भने सहकारीहरु दिगो हुदैनन ।
अझै पनि धेरै सहकारीका लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुले लेखा सुपरिवेक्षण समितिको आधारभूत काम कर्तब्य र अधिकारका बारेमा जानकारी राखेको पाइदैन । वर्तमान अवस्थामा वित्तीय सूचकहरुका बारेमा प्रारम्भिक जानकारी पनि नहुने हो भने संस्थाको आन्तरिक नियन्त्रण प्रणाली कमजोर हुन्छ ।
ब्यवस्थापकले लेखिदिएको प्रतिवेदनमा लेखा सुपरिवेक्षण समितिले हस्ताक्षर गरेर स्वनियमन र नियन्त्रणको अभ्यास हुदैन । लेखा सुपरिवेक्षण समितिलाई आफ्नो काम कर्तब्य र अधिकार , उनिहरुबाट संस्थाकालागि हुन सक्ने योगदानका बारेमा थाहा नहुन सक्छ ।
तर निर्वाचित भए लगत्तै २ वा ३ दिनको सधन तालिम आयोजना गर्ने वा जिल्ला स्तरका सहकारीका संघहरुसंग तालिमको समन्वय गर्ने हो भने ज्ञानको अभाव हुदैन । संस्थाले छुट्याएको सहकारी शिक्षा कोष यस्तै कार्यमा खर्च गर्ने हो । तर हामी त्यो रकमलाई पनि अनेक खर्च देखाएर शेयर बोनसका रुपमा वितरण गर्दा दंग छौ । सञ्चालक, लेखा सुपरिवेक्षण समिति र ब्यवस्थापनको क्षमता विकासमा रकम अभावको गनगन यथावत छ ।
सहकारी ऐन, नियम र नियमन प्राधिकरणले जारी गरेका नियामकीय ब्यवस्थाहरुको अध्ययन र परिपालना , सञ्चालकहरुले नीति बनाउने र अनुगमन गर्ने, कर्मचारीहरुले कार्यान्वयन गर्ने , लेखा सुपरिवेक्षण समितिले आन्तरिक नियन्त्रण तथा स्वनियमनको क्षेत्रमा निरन्तर निगरानी गर्ने परिपाटीले मात्र संस्था ब्यवस्थित हुन्छ । ब्यवस्थित संस्थाले स्तरीय सेवा प्रदान गर्न सक्छ । यसका लागि सक्षम कर्मचारी आवश्यक पर्छ । ज्ञान र जानकारी युक्त सञ्चालक ,सक्षम र दक्ष कर्मचारी, विधीको पूर्ण पालना र प्रविधीको उपयोगले सहकारीलाई उत्कृष्ट सेवा प्रदायक बित्तीय संस्था बनाउन सकिन्छ ।
ग) संस्थाको संगठनात्मक तथा मानव स्रोत क्षमताको विकास गरी सुदृढ बनाउने
हामी आमरुपमा संस्था भन्दा ब्यक्ति बलियो बनाउने ध्याउन्नमा हुन्छौ । संस्था भन्दा ब्यक्ति बलियो बनाउने कार्यले सहकारी संस्था सधै कमजोर र अक्षम हुन्छ । यो सक्षम ब्यक्तिको इसारा र चाहनामा निर्भर रहन्छ । नेतृत्वको हस्तान्तरण योजना वा तयारी, सदस्यहरुलाई सहकारीको ज्ञान , आधुनिक लेखा प्रणाली र बित्तीय क्षेत्रको आधारभूत प्रशिक्षणले संस्थालाई धेरै सदस्यको सहयोग हुन सक्छ ।
हामीले सहकारीको शिक्षा तालिम भन्ने सिद्धान्त विर्सेका कारण अहिले धेरै सहकारीमा नेतृत्वको अभाव देखिएको छ । संस्थामा भावि सञ्चालक क्षमता अभिबृद्धि तालिमहरु गर्नु आवश्यक छ । संस्थामा जति धेरै सुचित र जानकार सदस्यहरु हुन्छन , संस्था त्यहिरुपमा सवल र दिगो हुन्छ भन्ने कुरा हामी सबैले हेक्का राख्नै पर्छ । एउटा अध्यक्ष बलियो वा सक्षम भएर हुदैन, संस्था र संयन्त्र बलियो बनाउदा मात्र जस्ता सुकै जोखिमहरुको पनि सहज सामना हुन सक्छ ।
कर्मचारीको क्षमता विकास र उनिहरुको बृत्ति विकासमा सहकारीहरु कमजोर छन । जसले गर्दा सहकारी संस्थाहरु तालिम केन्द्र जस्तो बनेका छन । अर्को तर्फ संस्था भित्र संस्थागत अंगहरुको विकास नगरिएका कारण अलमलको स्थिती छ भने भएका कर्मचारीहरुलाई उनिहरुबाट संस्थाले अपेक्षा गरेको कार्य के हो भन्ने बारेमा हामीले बुझाउन सकेका छैनौ ।
सञ्चालकहरु वा अध्यक्षले ब्यवस्थापकको काम गर्ने र ब्यवस्थापकले लेखापालको काम गर्ने संस्कृतिले सहकारीको विकास र विस्तार पनि हुदैन , सहकारीबाट स्तरीय सेवा पनि उपलब्ध हुदैन । सञ्चालकको भूमिका र सिमा के हो ? उसको काम, कर्तब्य र अधिकार कति हो , उ त्यसैमा सिमीत हुन सक्नु पर्छ ।
घ) संस्थालाई वित्तीयरुपमा सक्षम, सुरक्षित तथा स्वस्थ्य राखि दिगो बनाउने
संस्थालाई वित्तीयरुपमा सवल र सुदृढ बनाउन हाल विभिन्न वित्तीय मानकहरु निर्धारण गर्ने गरिन्छ। आधुनिक बित्तीय सहकारीहरुमा संस्थागत पूजि बृद्धि, कोषहरुको ब्यवस्थापन, लागत रहित पूजि बृद्धि, नकमाउने सम्पत्तिलाई कमाउनेमा रुपान्तरण आदी विषयमा सञ्चालक , लेखा सुपरिवेक्षण समिति र सदस्यहरु समेत जानकार र अभिप्रेरित हुन सकेमा संस्था सक्षम र दिगो हुनसक्छ ।
न्युनतम रुपमा पल्र्सको आधारमा संस्थाको वित्तीय स्वास्थ्यको आवधिक समिक्षा, जोखिम ब्यवस्थापनको अनुगमन र मुल्यांकन गर्न वित्तीय सूचकहरुको स्तर निर्धारण र त्यसको कार्यान्वयनको निरन्तर अभ्यास भएमा संस्थालाई वित्तीयरुपमा सक्षम, सुरक्षित तथा स्वस्थ्य राखि दिगो बनाउन सकिन्छ ।
तसर्थ अबका दिनमा सहकारी संस्थालाई सक्षम, सुरक्षित र स्वस्थ बनाइ दिगो रुपमा विकास गर्दै स्तरीय सेवा प्रवाह गर्ने तर्फ नसोच्ने हो भने सहकारीको मुल्य र मान्यता हराउदै जानेछ, यो प्रतिष्प्रधाको युगमा सहकारी निरन्तर पछि पर्नेछौ ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया