हाइलाइट

सीएमसी कास्कीमा विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन 

सीएमसी कास्कीमा विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन  :: Sahakari Akhabar

काठमाडौं । कोअपरेटिभ म्यानेजर्स क्लब (सीएमसी) कास्कीको नवौँ वार्षिक साधारणसभाले विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पोखरा महानगरपालिका–१०, बुद्धचोकस्थित रोयल दिदीबहिनी किचनमा आयोजित साधारणसभाले विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा ११ जनाको कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

अध्यक्ष अधिकारी सुरक्षा पालुवा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन । कार्यसमितिको उपाध्यक्षमा शंकरप्रसाद पौडेल, सचिवमा सन्तोष रानाभाट, कोषाध्यक्षमा प्रेमसागर अधिकारी र सहसचिवमा दिपक थापा चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा रविन्द्र तिवारी, सुशील केसी, रविन्द्रराज पौडेल, विकास रानाभाट, शम्भु पौडेल र दिव्य सुनार चयन भएका छन् । क्लबका अध्यक्ष मोहनप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव शंकरप्रसाद पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

सहकारी क्षेत्रका व्यवस्थापकहरूको व्यावसायिक क्षमता अभिवृद्धि, नेतृत्व विकास, आपसी एकता र अनुभव आदानप्रदानलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको क्लबको साधारणसभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

कार्यक्रममा क्लबका मानार्थ सदस्य भीमबहादुर गुरुङ, संस्थापक अध्यक्ष मिलन ढकाल, पूर्वअध्यक्ष डम्बर सिंह बस्नेतलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरूले क्लबले स्थापना कालदेखि सहकारी व्यवस्थापकहरूको व्यावसायिक विकास र सहकारी क्षेत्रको संस्थागत सुदृढीकरणका लागि र्पुयाउँदै आएको योगदानको चर्चा गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा क्लबका मानार्थ सदस्य भीमबहादुर गुरुङले सीएमसी कास्कीले सहकारी अभियानमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए । उनले क्लब देशमा सहकारी क्षेत्रसँग सम्बन्धित पहलहरूमध्ये अग्रणी स्थानमा रहेको उल्लेख गर्दै स्थापनाको मूल परिकल्पना र उद्देश्यअनुरूप काम गर्दै आएको बताए ।

संस्थापक अध्यक्ष मिलन ढकाल तथा पूर्वअध्यक्ष डम्बर सिंह बस्नेतलगायतले क्लबको संस्थागत विकास, व्यवस्थापकहरूबीचको सहकार्य र सहकारी क्षेत्रको व्यावसायिक उन्नतिमा क्लबले खेल्नुपर्ने भूमिकाबारे शुभकामना मन्तव्य व्यक्त गरेका थिए । क्लबको नयाँ नेतृत्व चयनका लागि संस्थापक उपाध्यक्ष कमलमोहन आचार्यको संयोजनमा निर्वाचन उपसमिति गठन गरेको थियो ।

नवनिर्वाचित अध्यक्ष विष्णुप्रसाद अधिकारीले सिएमसी कास्की सहकारी क्षेत्रका व्यवस्थापकहरूको व्यावसायिक क्षमता, दक्षता तथा नेतृत्व विकासका लागि स्थापना गरिएको साझा र महत्वपूर्ण मञ्च भएको बताए । उनले सहकारी संस्थाको प्रभावकारी सञ्चालन, संस्थागत सुशासन र गुणस्तरीय सेवा प्रवाहमा व्यवस्थापकहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने भन्दै सहकारी संस्थाको नीति, उद्देश्य र कार्यक्रमलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी व्यवस्थापन पक्षमा रहने भएकाले व्यवस्थापकहरू सक्षम, जिम्मेवार र समयअनुकूल हुन आवश्यक रहेको बताए ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000