काठमाडौं । सहकारीको सन्दर्भ ब्याजदर पुनरावलोकनको विषयको सहकारी अभियान र सरकारबिच विवाद बढ्दै गएका बेला भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसँग छलफल गर्न नपाएको राष्ट्रिय सहकारी महासंघकै पदाधिकारीले गुनासो गरेका छन् । संघिय सहकारी विभागका रजिष्ट्रारले मन्त्रीको असहमति रहेकाले ब्याजदर पुनरावलोकन गर्न नसकिने बताएपछि मन्त्रीसँग छलफल गर्न खोजेका महासंघका पदाधिकारीले समय नपाएपछि सार्वजनिक कार्यक्रममै गुनासो गरेका हुन् ।
बुधबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले आयोजना गरेको ‘सहकारीमा सन्दर्भ ब्याजदर’ विषयक छलफल कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष मल्लले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले महासंघको टोलीलाई भेट्न समय नदिएको गुनासो गरिन् । ‘सहकारी क्षेत्रका समस्या सम्बोधन गर्न छुट्टै सहकारी मन्त्रालय गठन ग¥यौं’ उनले भनिन्, ‘राष्ट्रिय सहकारी महासंघले भेट्न खोज्दा मन्त्रीको समय पाएका छैनौं ।’ संविधानमा अर्थतन्त्रको तीन खम्बा भनेर लेखेपनि सरकारले त्यस अनुसार बजेट नदिएको र जिम्मेवारी समेत नलिएको उनको गुनासो थियो ।
सन्दर्भ ब्याजदर चार/चार महिनामा समिक्षा गर्ने सहमति भएपनि मन्त्रीकै कारण समितिको मिटिङ बस्न नसकेको मल्लले बताइन् । असारदेखि समितिको बैठक राख्न रजिष्ट्रारलाई ताकेता गरेपनि असारभित्र, साउन १५ भित्र, त्यसपछि साउन २५ को भाका राख्दै आएकोमा अहिले मन्त्रीले नै रजिष्ट्रारलाई अहिले किन मिटिङ राख्नुप¥र्यो भनेपछि अन्योल भएको उनले जानकारी दिइन् ।
वरिष्ठ उपाध्यक्ष मल्लले ऐनमा रजिष्ट्रारलाई सहकारीको बाबुको भूमिका दिएपनि निर्वाह गर्न नसकेको गुनासो गरिन् । ‘रजिष्ट्रारलाई सहकारी ऐन÷नियम कार्यान्यन नगरे खारेजीसम्मको अधिकार छ, एउटा मिटिङ राख्न किन मन्त्रीलाई सोध्नुप¥र्यो ?’ उनले भनिन् ।
सहकारीलाई तीन खम्बे अर्थतन्त्रमा स्वीकार गरिसकेपनि सरकारले सहकारीलाई महत्व नदिएको मल्लले बताइन् । मन्त्रालयले ७५ प्रतिशत महत्व भूूमिसम्बन्धी कामलाई दिएको र सहकारीलाई १० प्रतिशत पनि महत्व नदिएको उनको गुनासो छ । ‘राज्यले कि सहकारी चाहिदैँन भनेर कोल्याप्स गरिदिनुप¥यो’ उनले भनिन्, नत्रभने सहकारी जोगाउन सरकारको पनि दायित्व हुन्छ ।’
सहकारीमा कमजोरी रहेको स्वीकार गरेपनि मल्लले अभियानको मात्र नभई राज्य पनि दोषि रहेको बताइन् । ‘नाममात्रको अनुगमन गर्दा सहकारी बिग्रिएको हो, अर्को अनुगमन आवश्यक छैन’ उनले भनिन् । गल्ती गर्ने सहकारीलाई कारवाहीको दायरामा ल्याउन महासंघले नरोक्ने, सघाउने उनले उद्घोष गरिन् ।
पछिल्लो समयमा कतिपय सहकारीहरुले ब्याज बढाएको स्वीकार गर्दै उपाध्यक्ष मल्लले कारवाही गर्न विभागलाई चूनौति समेत दिइन् ।
Leave a comment