Sahakari Akhabar

वित्तीय विवरण प्रकाशन गर्न सहकारीको अटेरी, महासंघ र नेफ्स्कूनले नै दिएनन् निरन्तरता 

वित्तीय विवरण प्रकाशन गर्न सहकारीको अटेरी, महासंघ र नेफ्स्कूनले नै दिएनन् निरन्तरता  :: Sahakari Akhabar

काठमाडौं । सहकारी संघसंस्थाले हरेक महिना वित्तीय विवरण प्रकाशन गर्नुपर्ने संघिय सहकारी विभागको निर्देशन एक महिनामै असफल भएको छ।

निर्देशन जारी भए लगत्तै साउन महिनाको वित्तीय विवरण प्रकाशन गर्न प्रतिस्पर्धा गरेका संघसंस्थाहरुले भदौको वित्तीय विवरण प्रकाशनमा अटेरी गरेका छन् ।

विभागले साउन ३१ गते निर्देशन जारी गर्दै पहिलो पटक निर्देशन जारी भएको एक साताभित्र र त्यसपछि प्रत्येक महिना वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो ।

भदौको पहिलो साता सामाजिक संजाल तथा वेवसाईटमार्फत वित्तीय विवरण सार्वजनिक गरेका संघ तथा संस्थाहरुले पनि असोजमा भने यसलाई निरन्तरता दिएका छैनन् ।

विभागको निर्देशन पालना नगर्नेमा सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून), नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघलगायत  प्रारम्भिक संस्थाहरु छन् । एक महिनामै निर्देशन प्रभावहीन भएपनि विभागले कुनै कारवाही गर्न सकेको छ ।

राष्ट्रिय सहकारी महासंघले पहिलो पटक भदौ ७ गते साउनसम्मको वित्तीय विवरण प्रकाशन गरेको थियो । सामाजिक संजाल फेसबुकमा राखेपनि उक्त विवरण महासंघको वेवसाईटमा भने उपलब्ध छैन । त्यसपछि महासंघले असोज १० गतेसम्म पनि भदौको विवरण प्रकाशन गरेको छैन ।

केन्द्रीय संघहरुमध्ये ठूलो वित्तीय कारोबार गर्ने नेपाल बहुउद्देश्यीय संघले भने वित्तीय विवरण प्रकाशन गरेको छेन । विभागको निर्देशन फेसबुकमार्फत सेयर गरेको संघले वित्तीय विवरण भने सामाजिक संजाल तथा वेवसाईटमा राखेको छैन ।

यसैगरी पहिलो पटक भदौ ५ गते साउनको वित्तीय विवरण सार्वजनिक गरेको नेफ्सकूनले पनि हालसम्म भदौको विवरण सार्वजनिक गरेको छैन । पहिलो पटक भने संघले फेसबुक तथा वेवसाईटमा विवरण सार्वजनिक गरेको थियो ।

केन्द्रीय संघहरुमध्ये ठूलो वित्तीय कारोबार गर्ने नेपाल बहुउद्देश्यीय संघले भने वित्तीय विवरण प्रकाशन गरेको छेन । विभागको निर्देशन फेसबुकमार्फत सेयर गरेको संघले वित्तीय विवरण भने सामाजिक संजाल तथा वेवसाईटमा राखेको छैन ।

यसैगरी साउन महिनाको विवरण सार्वजनिक गरेका जिल्लास्तरिय संघहरुले पनि भदौको विवरण सार्वजनिक गरेका छैनन् ।प्रारम्भिक सहकारी संस्थाहरुलाई बाटो देखाउने महासंघ तथा केन्द्रीय संघहरुले नै विभागको निर्देशन पालनामा अटेरी गरेका हुन्।

राष्ट्रिय सहकारी बैंकलगायत केहि प्रारम्भिक संस्थाहरुले भने तोकिएको समयमै भदौ महिनाको पनि वित्तीय विवरण प्रकाशित गरिसकेका छन् ।

विभागको निर्देशन अनुसार संस्थाहरुले सेयर पुँजी, जगेडा कोष, सम्पत्ति, बचत, लगानीमा रहेको कर्जा, सेयर सदस्य संख्या, ऋणी सदस्य, तरलता रकम र प्रतिशत, संस्थागत पुँजी र विभिन्न कोषहरुको जम्मा रकमको विवरण सार्वजनिक गर्नुपर्नेछ ।

सदस्यहरुलाई सहकारीको अवस्थाबारे जानकारी दिनका लागि वित्तीय विवरण प्रकाशित गर्नुपर्ने व्यवस्था गरेपनि प्रकाशित गर्नुपर्ने सूचकले संस्थाहरुको वास्तविक अवस्था नखुल्ने र यसबाट सदस्यलाई संस्थाको जोखिमको अवस्था थाहा नहुने भन्दै विज्ञहरुले आलोचना गर्दै आएका छन् ।



Leave a comment