काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञान बहादुर तामाङले सहकारीमा ऋण नतिर्नेहरुले सदस्यहरुलाई भड्काएको आरोप लगाएका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले गरेको सन्दर्भ ब्याजदरसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘ऋण तिर्नु नपरोस् भनेर केहि ऋणीहरुले सदस्यलाई सहकारी विरुद्ध भड्काउदैछन्, भयाभह स्थीत भयो भने त्यसको जिम्मेवारी कसले लिने ?’ ऋणीहरु सहकारी भागदिए हुन्थ्यो, आजै ताला लगाइदिए ऋण तिर्नु पदैनथ्यो कि भन्ने अवस्थामा रहेको उनको भनाइ थियो ।
कर्जा नदिर्नेलाई कारवाही गर्न कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरणको ब्यवस्था गरेपनि त्यो कहाँ पुग्यो थाहा नभएको तामाङले बताए ।
राज्य र सहकारी अभियानको एउटै सोच नहुँदा सहकारीको सन्दर्भ ब्याजदरबारे विवाव सिर्जना भएको बताउदै अध्यक्ष तामाङले यसको समाधानको लागि ब्याजदर स्वचालित हुने ब्यवस्था गर्नुपर्ने बताए । सन्दर्भ ब्याजदरलाई सन्दर्भ ब्याजदरकै रुपमा लागू हुनुपर्छ भनेर राष्ट्रिय सहकारी महासंघ र संघिय सहकारी विभागमा पटक पटक छलफल भएपनि छलफलमा मात्र सिमित रहेको बताउदै निर्देशन र विज्ञप्ती तथा अपील जारी गर्ने प्रतिस्पर्धा भएको उल्लेख गरे ।
सन्दर्भ ब्याजदरको समस्या गहिरिदै गएपनि समितिको बैठक बस्न नै महाभारत भएको बताउदै तामाङले अहिलेको समस्या सम्बोधन गर्न सन्दर्भ ब्याजदर २० प्रतिशत पु¥याउनुपर्ने बताए । बैंक तथा वित्तीय संस्थाले भद्र सहमति तोडेर आफुखुशी ब्याजदर तोकेको भन्दै सहकारीमा दिर्घकालिन समस्या समाधान निकाल्नुपर्नेमा उनले जोड दिए ।
Leave a comment