काठमाडौं । जिल्ला सहकारी संघ काभ्रेले निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । संघले मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको हो । शिविरमा १५० भन्दा बढी स्थानीय नागरिकले आँखा परीक्षण तथा स्वास्थ्य परामर्श सेवा प्राप्त गरेका थिए ।
सहकारी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई समुदायको स्वास्थ्य सेवासँग जोड्ने उद्देश्यले आँखा शिविर कार्यक्रम गरेको जनाएको छ । संघले श्री पञ्चकन्या महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको सह–आयोजना र रेयुकाई मासुनागा आँखा अस्पताल, बनेपाको प्राविधिक सहयोगमा कार्तिक १४ गते शनिबार शिविर सञ्चालन गरिएको जनाएको छ ।
शिविरमा आँखासम्बन्धी समस्या पहिचान, परीक्षण तथा आवश्यक परामर्श प्रदान गरिएको र परीक्षणका क्रममा मोतिबिन्दु देखिएका बिरामीहरूको जिल्ला सहकारी संघ र रेयुकाई मासुनागा आँखा अस्पतालबीचको सम्झौताअनुसार निःशुल्क शल्यक्रिया गरिने व्यवस्था रहेको छ ।
संघका कामु प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले सहकारी संस्थाहरूले आर्थिक तथा संस्थागत विकाससँगै समुदायको सामाजिक हितमा पनि योगदान पुर्याउनुपर्ने बताए । उनले सदस्य सहकारी संस्थाहरूसँगको सहकार्यमा नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने स्वास्थ्य तथा सामाजिक कार्यक्रमलाई संघले निरन्तरता दिने जानकारी दिए ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया