काठमाडौं । सहकारीकर्मी ज्ञानु पौडेललाई सुप्रबल जनसेवाश्री प्रदान गर्ने घोषणा भएको छ । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९ सय ९८ जनालाई पदक घोषणा गर्ने क्रममा पौडेललाई पनि दिने घोषणा गरेकी हुन् ।
रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष पौडेल बचत तथा ऋण सहकारी सम्बन्धी स्थिरीकरण कोष सञ्चालन समितिकी सदस्य हुन् । यो संगै सहकारी क्षेत्रबाट चार जनाको नाम सुप्रबल जनसेवाश्री पदककालागि परेको छ ।
सहकारीकर्मीहरु मिनराज कँडेल, केबी उप्रेती र शशी खड्का (गुरुङ) सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित हुने भएका छन् । यसैगरी बागमती प्रदेश सहकारी विभागका रजिष्ट्रार नारायणप्रसाद ज्ञवालीले पनि सुप्रबल जनसेवाश्री पदकबाट बिभुषित भएका छन् ।
Leave a comment