तरलता अभावले बैंकलाई छटपटी, पैसा माग्न सहकारीमा धाउँदै
बैकिङ प्रणालीमा लगानी गर्न मिल्ने रकमको चरम अभाव भएपछि पूर्वका अधिकाशं बैंक तथा वित्तिय संस्था महंगो व्याजमा रकम लिन सहकारी संस्थामा धाउन थालेका छन् । बैंकमा देखिएको तरलता अभावकै कारण यस क्षेत्रमा रहेका वाणिज्य बैंक, विकास बैंकका शाखा कार्यालय मात्र नभएर क्षेत्रियस्तरका वैंक तथा वित्तिय संस्थाहरु अहिले सहकारीमा पैसा माग्न धाइरहेका हुन् ।