काठमाडौं । वीरेन्द्रनगर सुर्खेतमा रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाको २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको असोज २४ र २५ गते सम्पन्न सातवटा एकाई बैठकबाट भएका निर्णयलाई असोज २८ गते सम्पन्न एकाई प्रतिनिधिहरूको निर्णय प्रमाणीकरण सभाले पारित गरेसँगै संस्थाको निर्वाचन सहितको २५औँ बार्षिक साधारणसभा सम्पन्न भएको हो ।
सभाले बमबहादुर विसीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र लालबहादुर खड्काको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा श्याम पौडेल, सचिवमा राजन रजवार, कोषाध्यक्षमा इन्द्रा हमाल चयन गरेको छ ।
त्यसैगरी सञ्चालक सदस्यहरूमा कमलप्रसाद नेपाल, देविराम बोहरा, शान्ति पोखरेल, विद्या खत्री, होमबहादुर रामजालिलाई निरविरोध निर्वाचित गरेको छ । साथै सभाले लेखा सुपरिवेक्षण समिति सदस्यहरूमा बेचुलाल चौधरी र मोतिप्रसाद सापकोटा चयन गरेको छ।
एकाईगत रूपमा सम्पन्न कार्यक्रमहरूमा संस्थाका अध्यक्ष बम बहादुर बिसी, वरिष्ठ उपाध्यक्ष श्याम पौडेल, उपाध्यक्ष रेश्मा खत्री, कोषाध्यक्ष इन्द्रा हमाल, सञ्चालक समिति सदस्यहरू कमल प्रसाद नेपाल, बालकृष्ण हमाल चालिसे, सुरेशकुमार विसी, मोति प्रसाद सापकोटा, देविराम बोहराले विभिन्न एकाइगत कार्यक्रमको अध्यक्षता गरेका थिए ।
सभामा संस्थाका सञ्चालक समिति सदस्यहरू, राजन रजवार, विद्या खत्री, शान्ति पोख्रेल, कविराम खड्का, लेखा सुपरिवेक्षण समिति संयोजक बेचुलाल चौधरी, सदस्यहरू लाल बहादुर खड्का र सूर्य कुमारी बिसी, सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति संयोजक एवं सदस्य लगायत, संस्थाका शेयर सदस्य तथा समाजसेवीहरूको आथित्यता सँगै एकाई अन्तरगतका संस्थाका शेयर सदस्यज्यूहरूको सक्रिय सहभागीतामा कार्यक्रम उद्घाटन गरि समापन गरिएको छ ।
साधारण सभामा २०८३ को प्रगति प्रतिवेदन, नीति तथा कार्यक्रम र बजेटको प्रस्तुतीकरण संस्थाका सञ्चालक समितिका पदाधिकारी तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरू प्रस्तुत गरेका थिए । संस्थाका सेवाकेन्द्र संचालन तथा व्यवस्थापन उपसमितिका संयोजक तथा सदस्यहरूले सेवा केन्द्रहरूको आव २०८२ / ०८३ को वार्षिक प्रगति प्रतिवेदनको प्रस्तुतिकरण गरेका थिए ।
साथै कार्यक्रममा संस्थाले १२ वटा विधा अन्तरगत ४४५ जना सदस्यहरूलाई सम्मान स्वरुप तथा बाल सदस्यहरूलाई स्टेस्नरी, जेष्ट सदस्यहरूलाई पौष्टिक आहार र अन्य सदस्यहरूलाई प्रसंसा पत्र, ११ कित्ता संस्थागत शेयर थप सहित सम्मान गरेको थियो ।
एकाईगत रूपमा सम्पन्न कार्यक्रम संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापा, कार्यालय व्यवस्थापक योगेन्द्र भण्डारी, प्रकाश शर्मा, वरिष्ठ कार्यक्रम अधिकृत रेशम प्रसाद सुवेदी, कार्यक्रम अधिकृत लिलाराम नेपाली, छिन्चु सेवाकेन्द्र प्रमुख तथा कार्यक्रम अधिकृत निर्मला शाही, कार्यक्रम अधिकृत बमबहादुर पुनमगर, कार्यक्रम अधिकृत दिपक शर्मा, कार्यक्रम अधिकृत डुगेन्द्रबहादुर शाहि लगायत संस्थाका विभागीय प्रमुख, वरिष्ठ सहायक तथा उल्लेखित सेवा केन्द्र अन्तरगतका सेवाकेन्द्र प्रमुख, वरिष्ठ सहायक, सहायक तथा सहजकर्ता कर्मचारीहरूले संचालन तथा व्यवस्थापन गरेका थिए । सभामा प्रस्तुत अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०८२ / ८३ मा १ करोड १६ लाख ८४ हजार ८२५ रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ।
समीक्षा अवधिमा संस्थाको कुल सम्पत्ति १ अर्ब ५३ करोड २५ लाख ६७ हजार २५ रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थामा सदस्यको बचत १ अर्ब २० करोड ५४ लाख ७० हजार ५८९ रुपैयाँ, शेयर पुँजी १६ करोड २५ लाख ९१ हजार ६०० रुपैयाँ र संस्थागत पुँजी ६ करोड ८५ लाख २८ हजार ९६६ रुपैयाँ रहेको छ । संस्थाले सदस्यलाई प्रवाह गरेको ऋण लगानी १ अर्ब १८ करोड ७९ लाख ११ हजार ९४४ रुपैयाँ ४३ पैसा पुगेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाको सामाजिक कार्य
संस्थाले सदस्यको जीवनमा आइपर्ने विभिन्न अवस्थालाई ध्यानमा राखेर सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले प्रसूति हुने महिला सदस्यलाई २ हजार रुपैयाँ बराबरको मातृत्व सुरक्षा सहयोग, दुर्घटना बीमाअन्तर्गत १ लाख रुपैयाँ बराबरको सुविधा प्रदान गर्दै अएको जनाएको छ । त्यसैगरी, सदस्यको मृत्यु हुँदा परिवारलाई २० हजार रुपैयाँ काजकिरिया खर्च आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था पनि संस्थाले गरेको छ ।
सदस्यको समानान्तर शेयर कायम गर्ने नीतिसहित अघि बढेको संस्थाले मुनाफा आर्जनमा मात्र केन्द्रित नभई सदस्यले जीवनका विभिन्न परिस्थितिमा आर्थिक तथा सामाजिक सुरक्षा प्राप्त गर्न सक्ने योजनालाई प्राथमिकता दिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्र थापाले जनाएका छन् । लाभांशसँगै बचत तथा ऋण कारोबारमा आधारित अतिरिक्त लाभ र सदस्य सुरक्षा कार्यक्रममार्फत संस्थाले सहकारीको प्रतिफल सदस्यसम्म र्पुयाउने प्रयास गरेको उनले जनाए ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया