हाइलाइट

विन्धवासिनी सहकारीद्वारा विद्यार्थीलाई कपीकलम वितरण

विन्धवासिनी सहकारीद्वारा विद्यार्थीलाई कपीकलम वितरण :: Sahakari Akhabar

काभ्रे । विन्धवासिनी बचत तथा ऋण सहकारीले विद्यार्थीहरुलाई कपी कलम लगाएतका शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाको २७ औं स्थापना दिवसको अवसर पारेर आईतबार तेमाल गाँउपालिका–७ कुरुवासमा रहेको भुमेश्वर आधारभूत विद्यालयलाई स्टेशनरी, खेलकुद सामाग्री र शैक्षिक सामाग्री वितरण गरेको होे ।

संस्थाको भकुण्डे सेवा कार्यालयको ब्यवस्थापनमा भुमेश्वर आधारभूत विद्यालयका बाल कक्षादेखि कक्षा ८ सम्मका १ सय विद्यार्थीहरुलाई स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरेको सेवा कार्यालय भकुण्डेका कार्यालय ब्यवस्थापक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा तेमाल गाँउपालिका–७ का वडा अध्यक्ष ज्ञान बाहादुर तामाङ्गलाएतको सहभागिता थियो । २०५० सालमा काभ्रेको खोपासीमा स्थापना भई सहकारीका माध्यमबाट शेयर सदस्यहरुको आर्थिक समृद्धि, सामाजिक रुपान्तरणका लागि अग्रसर विन्धवासिनी सहकारीले सामाजिक तथा सामुदायक दायित्वलाई वहन गर्दै आएको छ ।



Leave a comment