काठमाडौं । बनेपा काभ्रेमा रहेको श्री मनकामना बचत तथा ऋण सहकारी संस्थाको ३१ औँ वार्षिक साधारण सभासम्पनन भएको छ । संस्थाले असोज २२ र २३ गते संस्थाका सम्पूर्ण कार्यालयहरुमा र असोज २४ गते पञ्चकन्या बैन्क्वैट बनेपा ८ पुलबजारमा सभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष गोपालप्रसाद घिमिरेको सभापतित्व रहेको कार्यक्रमको समुद्घाटन संस्थाका सल्लाहकार एवं निर्वतमान अध्यक्ष बालकृष्ण दाहालले गरेका थिए । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार राजकुमार हुमागाँई विशिष्ट अतिथी रहेका थिए ।
सभामा संस्थाका सचिवले संस्थाको बार्षिक क्रियाकलाको प्रतिवेदन तथा कोषाध्यक्षले वर्षभरी संस्थाले सञ्चालन गरेको आर्थिक क्रियाकलाप र आगामी वर्षको योजना समेटिएको प्रतिवेदनलाई सञ्चालक समितिको तर्फवाट प्रस्तुत गरेका थिए । संस्थामा हालसम्म १० हजार ५१६ जना शेयर सदस्य तथा शेयर पूँजी १६ करोड २४ लाख १४ हजार सातसय रुपैंयाँ रहेको जानकारी दिइयो ।
त्यसैगरी संस्थाको कुल बचत १ अर्ब ९२ करोड ९६ हजार ८ हजार २२६ रुपैयाँ, तथा ऋण लगानी १ अर्ब ६९ करोड ९८ लाख ६५ हजार ७१९रुपैंयाँ रहेको जनाइएको छ । संस्थाको कुल सम्पत्ति २ अर्ब ३० करोड ५२ लाख ९८ हजार ६४३ रुपैंयाँ पुगेको सभामा जानकारी दिइयो । संस्थाले सभामा विभिन्न विधाहरुमा सम्मान गरेको थियो ।
वर्षको उत्कृष्ट ऋणी ६ जना, बर्षको उत्कृष्ट बचतकर्ता ६ जना बाल बचतकर्ता १ जना, उत्कृष्ट कर्मचारी सम्मान १ जनालाई सम्मान गरेको थियो । त्यसैगरी उत्कृष्ट सेवाकेन्द्र पुरस्कार बेथानचोक सेवाकेन्द्र लाई प्रदान गरेको छ भने सदस्यका छोराछोरी मध्ये एसईइ २०८२ को परीक्षामा ४ जिपिए ल्याउने ६ जना र कक्षा १२ को परिक्षामा उत्कृष्ट अंक प्राप्तगर्ने २ जनालाई मनकामना उत्कृष्ट शैक्षिक पुरस्कारद्धारा सम्मान गरेको थियो ।
संस्थाले वार्षिक साधारण सभाको अवसरमा सभा स्थलमा निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरेको थियो । बनेपा हेल्थ केयर प्रालिको प्राविधिक सहयोगमा गरिएको उक्त शिविरमा सुगर, प्रेसर, सामान्य स्वास्थ्य परिक्षण, अत्याधुनिक प्रविधीद्धारा छाला रोगको परिक्षणमा करिब ५५० जना शेयर सदस्यले स्वास्थ्य परिक्षण गराएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना, संस्थाका वित्त विश्लेषकहरु र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया