काठमाडौं । सिनामंगल पेप्सीकोलामा रहेको पाँच तारा बचत तथ ऋण सहकारी संस्थाले जेष्ठ सदस्यको सम्मानस्वरुप दशैं खर्च प्रदान गरेको छ । संस्थाले बिगत चारबर्ष देखि प्रदान गर्दै आएको जेष्ठ सदस्य दशै खर्च यस वर्षपनि निरन्तरता दिएको हो । कार्यक्रममा ८७ बर्षिय जेष्ठ सदस्य जयनारायण सेढाईलाई लोगो अंकित झोला सहित २ हजार प्रदान गरि कार्यक्रम शुभारम्भ गरिएको थियो ।
संस्थामा रहेका २ हजार २ सय सदस्य मध्ये जेष्ठ सदस्य खाता खोलि निरन्तर क्रियाशिल रहने र कारोबार गर्ने ७० बर्ष माथिका ५८ जना सदस्यहरुलाई प्रति सदस्य २ हजारका दरले दशै खर्च बितरण गरेको जनाएको छ । संस्थाले सदस्य केन्द्रित छलफल सहित वडा दशैं २०८३ को अवसरमा समिति उपसमिति तथा जेष्ठ सदस्यहरुबीच शुभकामना आदान प्रदान कार्यक्रम समेत सम्पन्न गरेको छ ।
संस्थाकी ब्यवस्थापक राधा कडरियाबाट संचालित कार्यक्रममा जेष्ठ सदस्यहरुले एकआपसमा शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रममा संस्थाका जेष्ठ सदस्य मदनराज घिमिरेले दशैं शुभकामना सम्वन्धि कविता वाचन गरेका थिए भने जेष्ठ सदस्य छत्रभूषण दाहालले सदस्यहरुलाई बैंक र सहकारीबीच फरक छुट्टाउन सक्नेगरि बिचार गोष्ठिको आवश्यक रहेको भन्दै सदस्यले लाभांश मात्रै खोज्न नहुने बताए ।
संस्थाका अध्यक्ष भोलानाथ पाठकले संस्थाले सामाजिक योगदान बापत क्यान्सर पिडित, ह्दयघात, मिर्गौला फेल भएका यस बर्ष पनि ४ जना सदस्यहरुलाई जनही १० हजारका दरले सहयोग गरेको बताए । उनले भोटेकोशी बाढी पिडितकाहरुका लागि प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा संस्थाको तर्फबाट ५१ हजार १५१ रुपैंयाँ प्रदान गरेको जानकारी दिए ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया