ललितपुर । चौथो ललितपुर साकोस समिट–२०७६ स्थगित भएको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा फागुन २२,२३ र २४ गतेकालागि तय भएको समिट अर्को सूचना नआए सम्मका लागि स्थगित भएको बचत संघ ललितपुरले जनाएको छ ।
चीनको उहान प्रान्तबाट फैलीएको कोरोना भाइरस महामारीको रुप लिन थालेकोले यसको जोखिमलाई मध्यनजर गर्दै समिट स्थगित गरेको संघले सूचना जारी गरेको हो। नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रम लगायत अन्य धेरै मानिसको जमघट हुने कार्यक्रमहरु नगर्न कुनै पनि सभा सम्मेलन, गोष्ठी, भोज भत्तेर जस्ता धेरै मानिसहरु जमघट हुने कार्यक्रम नगर्नु, नगराउनु भन्ने सुचना जारी गरेपछि समिट स्थगित गरेको संघको सूचनामा भनिएको छ ।
उक्त कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राख्दै फागुन १९ गते बसेको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको आकस्मिक संयुक्त बैठकको निर्णयानुसार अर्को सुचना वा जानकारी नभए सम्मका लागि समिट स्थगित गरिएको उहाँले बताउनुभयो ।
Leave a comment