हाइलाइट

चन्द्रोदय साकोसको व्यवसायीकरण तालिम    

चन्द्रोदय साकोसको व्यवसायीकरण तालिम     :: Sahakari Akhabar


पोखरा । चन्द्रोदय बचत तथा ऋण सहकारी रौतहटले तीनदिने सहकारी व्यावसायिकरण तालिम शुरु गरेको छ । फागुन ९ गते बिहीवारदेखि पोखरामा शुरु भएको तालिम एघार गते सकिने संस्थाका अध्यक्ष प्रकाश गहतराजले जानकारी दिए ।

लेखा समितिका संयोजक यादव घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो । संस्थाका सल्लाहकार, सञ्चालक, लेखा समिति, उपसमिति, सदस्य तथा कर्मचारी गरी जम्मा २० जनाको सहभागिता रहेको तालिममा राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत सूर्यप्रसाद रिमालले सहजीकरण गरेका छन् ।

तालिममा संस्थाको रणनीतिक योजना, ऋण विश्लेषण, मानव संशाधन नीति तथा अन्य नीतिहरु, सञ्चालक समिति, लेखा समिति र व्यवस्थापनको मूल्यांकन तथा क्षमता विकास, कार्ययोजना तयार लगायतका विषयमा तालिम दिइने अध्यक्ष गहतराजले जानकारी दिए ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000