हाइलाइट

बचन साकोसद्धारा विद्यार्थीहरुलाई न्यानो कपडा

बचन साकोसद्धारा विद्यार्थीहरुलाई न्यानो कपडा :: Sahakari Akhabar

काठमाडौं । डिल्ली बजारमा रहेको बचन बचत तथा ऋण सहकारीले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । संस्थाका अध्यक्ष सुरज केसी तथा सञ्चालक समिति र उप समितिका पदाधिकारीहरुको सहभागितामा संस्थाले विद्यार्थीलाई कपडा वितरण गरेको हो ।

संस्था बाट सञ्चालीत सदस्य सुरक्षण कोषबाट तारकेश्वर नगरपालिका धर्मस्थलीमा रहेको श्री ग्राम सेवा माध्यामीक विद्यालयका ३० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको संस्थाका प्रवन्ध निर्देशक देशमर्दन बस्नेतले जानकारी दिए । 



Leave a comment