हाइलाइट

बुडोल सामुदायिक साकोसको २७ औँ वार्षिक साधारण सभा सम्पन्न

बुडोल सामुदायिक साकोसको २७ औँ वार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । काभ्रेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  संस्थाको २७ औँ वार्षिक साधारण सभाको एकाइ बैठकबाट भएका निर्णयहरुलाई एकाइ प्रतिनिधिहरुको निर्णय प्रमाणित सभाले पारित गरेसँगै संस्थाको २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाले एकैसाथ एकैसमय तालिकामा साधारण सभाको चारवटा एकाइ बैठकको आयोजना गरी समान कार्यसूचीहरु उपर छलफल गरी असोज २४ गते एकाइ बैठकहरु सम्पन्न गरेको थियो । साधारण सभाको एकाई बैठकहरुमा कुल सदस्य संख्याको ५९.४२ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको जनाइएको छ ।

सभामा संस्थाले आर्थिक वर्ष ०८२ / ०८३ मा ३ करोड ३४ लाख ९९ हजार ६९७ रुपैयाँ सञ्चालन मूनाफा गरेको जनाएको छ । सोही अवधिमा संस्थाको कुल सम्पत्ति २ अर्ब २६ करोड ६६ लाख ९४ हजार ७९९ रुपैयाँ रहेको छ भने बचत हिसाब १ अर्ब ८८ करोड ३५ लाख ९७ हजार ३१० रुपैयाँ रहेको जनाइको छ ।

शेयर पूँजी १४ करोड ५५ लाख २ हजार ९०० रुपैयाँ र संस्थागत पूँजी १९ करोड ८६ लाख ३७ हजार ८२ रुपैयाँ तथा लगानीमा रहेको ऋण १ अर्ब २८ करोड ४७ लाख ८८ हजार ५२०  रुपैयाँ रहेको जनाइएको छ । साधारण सभाले आर्थिक वर्ष ०८२ / ०८३ को मूनाफाबाट सदस्यहरुलाई ६ प्रतिशतका दरले लाभांश र संरक्षित पूँजी फिर्ता कोषमार्फत सदस्यहरुले बचत र ऋणमा गरेको योगदानको लागि २ / २ प्रतिशतका दरले अतिरिक्त लाभ वितरण गर्ने निर्णय गरेको छ ।

साधारण सभा सम्पन्न भएसँगै लागुहुने गरी औषधी उपचारको क्रममा अस्पताल भर्ना भई बसेका सदस्यहरुलाई तीनहजार रुपैयाँ स्वास्थ्योपचार सहयोग उपलब्ध गराउने गरी सभाले आर्थिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि समेत पारित गरेको छ ।

यसअघि नै संस्थाले प्रसूति महिला सदस्यहरुलाई ६ हजार ५ सय बराबरको मातृत्व सुरक्षा सहयोग, एकलाख बराबरको दुर्घटना बीमा सुविधा, घातक रोगमा सदस्यहरुलाई बीस हजार बराबरको उपचार सहयोग, सदस्यको मृत्युमा परिवारलाई तीसहजार रुपैयाँ काजकिरिया खर्च सहयोग गर्ने जनाएको छ ।

त्यसैगरी प्राकृतिक प्रकोपमा २० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । संस्थाले सम्पूर्ण सदस्यहरुको समानान्तर शेयर कायम गर्दै मूनाफामा मात्र केन्द्रीत नभै सदस्यहरुले विभिन्न अवस्थामा विभिन्न खालका लाभहरु प्राप्त गर्न सक्ने गरी योजना अगाडि सारेको सभामा जानकारी दिइयो ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000