हाइलाइट

नयाँपाटी साकोसको स्थापना दिवसमा अन्तर विद्यालय फुटसल प्रतियोगिता 

नयाँपाटी साकोसको स्थापना दिवसमा अन्तर विद्यालय फुटसल प्रतियोगिता  :: Sahakari Akhabar


काठमाडौं । नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाले २३ औं स्थापना दिवसको अवसरमा अन्तर विद्यालय ‘फाइभ ए साइड’ फुटसल प्रतियोगिता गरेको छ ।  फागुन ९ गते देखि ११ गते सम्म भएको फुटसल प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका आसपासका १० वटा विद्यालयको सहभागिता रहेको थियो ।

संस्थाको युवा तथा खेलकूद उपसमितिका सचिव बीरबहादुर तामाङको संयोजकत्व एवं संस्थाका अध्यक्ष विजयकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा ड्याफोडिल पब्लिक प्रथम, समता उच्च मावि द्वितीय र नव अरुणिमा उच्च मावि तृतीय भएका थिए ।

प्रथम टिमलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई सान्त्वना पुरस्कार र ट्रफी वितरण गरिएको थियो । प्रमाणपत्र भने आगामी चैत्र १६ गते संस्थाको स्थापना दिवसका दिन पारेर वितरण गरिने संस्थाका सहायक प्रबन्धक शिवभक्त मानन्धरले जानकारी दिए ।
 



Leave a comment