हाइलाइट

हिलटप जुनार सहकारीको नौसय प्रतिशत आम्दानी वृद्धि योजना

१५ वर्षमा एकमुष्ठ १० गुणा फिर्ता

हिलटप जुनार सहकारीको नौसय प्रतिशत आम्दानी वृद्धि योजना :: Sahakari Akhabar

काठमाडौं । तीनकुनेमा रहेको हिलटप जुनार बहुउद्देश्यीय सहकारीले सदस्यको आम्दानीलाई नौ सय प्रतिशत वृद्धि गर्ने योजना ल्याएको छ । संस्थाले सदस्यलाई समृद्ध बनाउने योजना अन्तर्गत यो योजना ल्याएको हो ।

संस्थाले सदस्यको समृद्धि तथा सुखी जीवनकालागि नयाँ बचत योजना ल्याएको संस्थाका प्रवन्ध संचालक सुमनविक्रम थापाले बताए । उनले भने भविश्यको लागि थोरै लगानी र धेरै प्रतिफल पाउने गरी सदस्य समृद्ध बचत योजना ल्याएको  हो ।

५० हजार देखि २ लाख ५० हजार सम्म बचत गर्न सक्ने यो योजनामा एकमुष्ठ रकम नहुने सदस्यहरुले पनि सहभागि  यो योजनामा सहभागी हुनसक्ने थापा बताउँछन् । सदस्यले एकमुष्ठ रकम तिर्न सक्नुह’न्न भने पनि संस्थाले रकम ऋणका रुपमा उपलब्ध गराई दिन्छ ।

यो योजनामा सहभागी हुनेहरुको आम्दानीमा ९ सय प्रतिशतले वृद्धि हुने दावी गरे उनले भने १५ वर्षमा एकमुष्ठ १० गुणा फिर्ता पाउनु हुनेछ ।’ एकमुष्ठ वा दैनिक रुपमा पनि बचत गरेर सहभागि हुन सकिने योजनाले सदस्यहरुलाई बचत गर्ने बानीको विकास हुने, थोरै लगानीमा उच्चतम प्रतिफल प्राप्त हुने अनि भविश्यकोलागि  जोहो हुने थापाको भनाई छ ।

संस्थाले रामेछाप र सिन्धुलीको जुनार संकलन गरेर सदस्यको घरघरमा पुर्याउँदै आएको बताए । जुनारको माग बढ्दै गएकोले बजारीकरणकालागि कोल्डस्टोरेज निमार्ण गरिरहेको पनि जानकारी दिए । संस्थाको आफ्नै भवनबाट जुनारको बजारीकरणकालागि चिस्यानकेन्द्र निमार्णको अन्तिम चरणमा रहेको उनले बताए ।

उनले भने ‘काठमाडौका उपभोक्ताहरुकोलागि एघार वर्ष देखि संस्थाले जुनारको बजारीकरण गरिरहेको छ । गत वर्ष एक हजार सदस्यलाई घरमै जुनार पुर्याएको संस्थाले कोल्डस्टोरेज निर्माण भएपछि सिजनमा दश हजार केजी जुनार विक्रि गर्ने सोच बनाएको प्रवन्ध संचालक थापा बताउछन् ।

असोज देखि माघ महिना जुनारको सिजन हो, उपत्यकामा जुनारको माघ धेरै भए पनि कोल्डस्टोरेजको अभावमा माग अनुसार पुर्याउन सकिएको छैन । अव संस्थाले उपत्यकाका उपभोक्ताको माग धान्ने गरी जुनारको बजारीकरण गर्ने थापाले बताए ।



Leave a comment