हाइलाइट

ग्रामिण भेगमा सहकारीको पँहुच विस्तार गर्दै जिल्ला बचत संघ 

ग्रामिण भेगमा सहकारीको पँहुच विस्तार गर्दै जिल्ला बचत संघ  :: Sahakari Akhabar

काभ्रे । जिल्ला बचत संघ काभ्रेले जिल्लाका ग्रामिण भेगमा स्थापना भएका साकोसहरुको माध्यामद्धारा सर्वसाधारणमा सहकारीको पँहुच विस्तार गर्ने भएको छ । जिल्ला बचत संघ काभ्रेको आयोजना तथा जनमुखी बचत तथा ऋण सहकारीको सहकार्यमा आयोजित सञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रममा बोल्दै संघका प्रथम उपाध्यक्ष इन्द्रप्रसाद अधिकारीले भौगोलिक विकटताका कारण शहर केन्द्रित रहेका सहकारीलाई ग्रामिण भेगमा सबृय बनाउनु पर्ने बताए । उनले संघले काभ्रेका स्थानीय निकायहरुसंग समन्वय गरी ग्रामिण भेगमा स्थापना भएका सहकारीहरुको विकास लागि सेवा केन्द्रहरु स्थापना गरी सहकारीहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको बताए ।

उनले “साकोसहरुको संस्थागत विकासका लागि सक्षम जिल्ला संघ” भन्ने परिकल्पनाका साथ  २०५३ सालमा स्थापित काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघमा २३३ वटा सहकारी संस्थाहरु आवद्ध रहेको जानकारी दिए । सहकारी संस्थालाई प्रविधिमैत्री बनाई संस्थाहरुको क्षमता अभिबृद्धि, अन्तर लगानी कार्यक्रम मार्फत बचत संकलन तथा ऋण परिचालन, सहकारी विकास तथा प्रवद्धृन कार्यक्रम, सहकारीहरु बिच समन्वय र सञ्जाल विकास, कानुनी परामर्श तथा सहयोग, सहकारी कर्जा सूचनाकेन्द्र सञ्चालन जस्ता कार्यहरु संचालन गर्दै आएको बचत संघले आगामी काभ्रेका १३ वटै स्थानीय तहमा सेवा विस्तार गर्ने लक्ष्य लिएको संघका उपाध्यक्ष अधिकारीले बताए । जनमुखी बचत तथा ऋण सहकारीका अध्यक्ष उद्धवप्रसाद बडालको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा संस्थाका ब्यवस्थापक नवराज वडालले संस्थाको कार्यक्रबारे जानकारी गराए । 



Leave a comment