सहकारी संस्थामा प्रविधिको छनोट कसरी गर्ने ? 

सहकारी संस्थामा प्रविधिको छनोट कसरी गर्ने ?  :: Sahakari Akhabar

सहकारीमा सचेतनाको कमी छ

उमेश रघुवंशी, इन्फो डेभलपर्स प्रा.लि

अहिले सहकारी संस्था म्यानुअल संचालन गर्न सकिदैन । त्यसरी संचालन गर्दा भोली समस्यामा पर्छ । प्रविधिमा जान हुदैन भन्ने धारणा कसैको छैन तर, नीतिगत  अस्पष्टता र सचेतनाको कमीले गर्दा अफ्ठ्यारो भएको छ । पछिल्लो समयमा नेपाल राष्ट्र बैंक, सहकारी विभागले प्रविधिमा जान भनेका छन् । कोभिडपछि प्रविधि प्रयोग नगर्ने भन्ने विवादै रहेन ।

सहकारीले घरबाटै नै अनलाइन बैंकिङ सिष्टमबाट सुविधा दिनुपर्छ । विदेशमा बसेका सदस्यले पनि सहकारीबाट सेवा लिन सक्छन् । तर, यसका लागि सहकारीमा सचेतनाको कमी छ । यस्ता सेवा दिन राम्रो सफ्टवेयर प्रयोग गर्न सक्नुपर्छ ।

सहकारीमा राम्रो कुरा सस्तोमा आउनुपर्छ भन्ने धारणा छ । त्यस्तो कुरामा कम्र्परमाइज गर्नुहुन्न । प्रविधिको मूल्य लाग्छ । इको सिष्टम महंगो भएपछि अरु सस्तो पर्ने भन्ने हुँदैन । हामीले प्रशिक्षित गराएर, सिकाइरहेका छौं । सहकारी गोएएमएलमा जान सिरियस देखिदैँनन् । गोएएमएलको सफ्टवेयर चाहिन्छ ।

सहकारी इच्छुक भएमा हामीमार्फत गो एएमएल सफ्टवेयर किन्छन् । सहकारीमा गोएएमएल सफ्टवेयर किन चाहियो भन्ने धारणा छ । तर राष्ट्र बैंकले कडिकडाइ गरिरहेको छ । सहकारीहरु यसमा वाध्य हुन्छन् । विभिन्न कुरामा समस्या पर्न सक्छ । गोएएमएल र हाम्रो सफ्टवेयरको कनेक्सन गर्न सकिन्छ ।

इन्ट्रिगेसन गरेर गोएएमएल सफ्टवेयरमा सहकारीले रिर्पोटिङ गर्न सक्छन् । कोपोमिसमा अनलाइन अटोमेटिक बनाउन सकिन्छ । आफ्नै सिष्टमबाट कोपोमिसमा डाटा फाल्दिने सिष्टम भएमा सहज हुन्छ । कोपोमिस सिष्टम छुट्टै अपडेट गर्नुपर्यो भने झन्झट हुन्छ । सहकारीमा १५ वर्षदेखि लागेका छौं । सम्पूर्ण सुविधा उपलब्ध छ । कोर बैंकिङ, मोबाइल, ट्याबलेटलगायत उच्चस्तरीय प्रविधि हाम्रो सामु छ ।

पहिलेभन्दा संस्थाहरु उत्साहित छन् ।

ई. सुशील सापकोटा ( गुरु इन्फोसिस प्रा.लि )

सहकारी पहिला भन्दा धेरै उत्साहित छन् । पछिल्लो समयमा प्रविधि प्रयोगमा सहकारी दुत्र गतिमा आइरहेका छन् । हामीले मोबाइल बैंक, कोर बैंकिङ सेवा दिइरहेका छौं । क्लाउड बेस सर्भिस भएकाले सहकारीले इन्ट्री सहज तरिकाले गर्न सक्छन् ।

प्रयोगकर्ताले थोरै काम गर्दा पनि हुने सिष्टम बनाएका छौं । प्रविधि प्रयोगको माग बढेको छ । उपत्यका बाहिरका सहकारी पनि प्रविधि प्रयोगमा अझ अगाडी देखिएका छन् । सुरुमा अफलाइन सिष्टम सहकारीले प्रयोग गर्थे अहिले हटाएर इन्ट्रिगेसन सिष्टम प्रयोग गर्छन् ।

हामीले इको सिष्टमकै आधारमा सेवा दिइरहेका छौं । तर सहकारीको फोकस मोबाइल बैंकिङ र एटीएममा छ । ‘फाइफ सि’ एनलाइसिस सिष्टम बनाएका छौं । यो ऋण मागको सम्बन्धी विश्लेषण गर्ने सिष्टम हो । यसले हरेक पक्षमा ऋण लिने सदस्यको विश्लेषण हुन्छ । ७० भन्दा कम अंक आएमा ऋण जोखिम हुन सक्ने खतरा रहन्छ ।

सहकारी कोपोमिसमा अनिवार्य गरिएको छ । हाम्रो सिष्टमबाटै कोपोमिसमा अपडेट गर्न सक्छन् । गोएएमएल, एसटिआर, टिटिआरमा पनि सहकारीहरु गइरहेका छन् । पहिला गाह्रो मान्थे । अब रुची पनि छ र वाध्यता पनि सिर्जना भइरहेको छ ।

कोरोनापछि आवश्यक्ता महशुस भएको छ

मोहन वन ( प्रिमियम टेक्नोलोजिस प्रा.लि )

सहकारीले कोरोनापछि डिजिटलमा जानुपर्ने आवश्यकता महसुस गरेका छन् । तर, प्रविधिमा जान खर्च लाग्ने भएकाले धेरैपटक सोच्ने गर्छन् । प्रविधिमा जान खर्च बढी हुन्छ नै । त्यसको प्रभावकारिता राम्रो भएपनि खर्च गर्न डराउने पाइएको छ ।

धेरै सहकारीलाई जोड्न सक्दा उहाँहरुले पनि सस्तोमा गुणस्तर सेवा दिन सकेका छौं । गोएएमएल सिष्टममा सफ्टवेयरबाटै प्रयोग गर्न सकिन्छ । सिष्टममै रिर्पोटिङ गर्न सकिन्छ । कोपोमिसमा धेरै गएका छन् । बिस्तारै गोएएमएलमा पनि जाँदैछन् ।

नयाँ आर्थिक वर्ष लागेदेखि धेरै सहकारीले प्रविधि प्रयोग गर्ने देखिएको छ । सहकारीलाई डिजिटलमा जान सबै सेवा दिइरहेका छौं । कोर बैंकिङ, मोबाइल बैंकिङ, इन्टरेनेट, एसएमएस, केवाइओएम, एटिएम लगायतका सेवा दिइरहेका छौं ।

डिजिटलमा जानेको संख्या ३० प्रतिशतले बढेको छ

सञ्जय महासेठ ( एम बैंक टेक्नोलोजिस प्रा.लि )

कोरोनापछि धेरै सहकारी तथा आम मानिसलाई डिजिटल्ली काम गर्न सकिने रहेछ भन्ने परेको छ । सबैलाई डिजिटल सेवामा जानुपर्ने, सेवा लिनुपर्ने अनुभूति पनि भएको छ । कोभिडपछि डिजिटलमा जानेको संख्या ३० प्रतिशतले बढेको छ ।

पहिला ठूला सहकारी र युवाले चलाएकाले मात्रै राख्थे भने अहिले प्रविधि प्रयोग गर्ने सहकारी बढेका छन् । धेरै सहकारीमा डिजिटल सेवाको सोच पलाएको छ । कोभिड नआइदिएको भए यो तहमा पुग्न हामीलाई अझै २÷३ वर्ष लाग्न सक्थ्यो ।

एम बैंकले कोभिडका बेला बैंक ट्रान्सफर सुरु गरेको थियो । कोभिडले सहकारी बन्द रहेका बेला सेवा दिन सकेका थियौं । सहकारीको पैसा बैंकमा पठाउन पाइयो । त्यहाँबाट निकाल्न पाइन्थ्यो । त्यतिबेला सहकारीमा रहेको पैसा बैंकबाट निकाल्न पाउँदा खुसी भएका थिए ।

हामीले अनलाइनबाट भुक्तानी गर्न मिल्ने व्यवस्था प्रभावकारी ढंगले अघि बढाएका छौं । अहिले चलनचल्तीमा रहेका इसेवा, खल्ती लगायत ५ वटै वालेटमा लोड हुन्छ । हामीले त्यो तहमा सर्भिस दिइरहेका छौं । अनलाइन रेमिट्यान्स सुरु गरेपछि बैंक, सहकारी तथा रेमिटन्स कम्पनी जानुपर्ने वाध्यता हटेको छ ।

इटेलर (चेक बिना रकम भुक्तानी) गर्न सकिन्छ । क्युआर कोडबाट कारोबार गर्ने इटेलरको काम हुन्छ । बैंकबाट सहकारीमा पैसा तान्न मिल्ने सिष्टम पनि । हामी छिट्टै उक्त सेवा भित्र्याउने क्रममा छौं । हाम्रो सफ्टवेयर प्रयोगबाट कोपोमिस, गोएएमएलएलगायतका सिस्टममा जान गाह्रो छैन ।

सबै सहकारीले सिडिएस राखेकै हुन्छन् । सिडिएसबाट एक्सल रिर्पोटिङ निकालेर पठाइदिने हो । गोएएमएलमा इन्ट्री सुरु भइसकेको छ । हामीले अर्को कम्पनीसँग सहकार्य गरी सेवा दिइरहेका छौँ । त्यतातर्फ जान सहकारीको रुची बढेको छ । धेरै सहकारी नियम कानुनमा चलेका पनि छन् । त्यसले गर्दा उनीहरु प्रविधिलाई आत्मसात गर्न पछि पर्दैनन् ।



Leave a comment