काठमाडौं । कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेले छैटौँ स्थापना दिवस मनाएको छ । क्लबले स्थापना दिवसमा रक्तदान कार्यक्रम सहित शुभकामना आदानप्रदान गर्दै आफ्नो छैटौँ स्थापना दिवस मनाएको हो । क्लबका अध्यक्ष गोपाल दाहालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्वोधन गर्दै पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायस्थ र जिल्ला बचत तथा ऋण सहकारी सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटेले शुभकामना ब्यक्त गरेका थिए ।
क्लबको स्थापना दिवसको अवसरमा गरिएको रक्तदान कार्यक्रमको व्यवस्थापन तथा संयोजन बुडोल सामुदायिक साकोसले गरेको जनाइएको छ । रक्तदान कार्यक्रममा ३२ जना सहभागीहरुले रक्तदान गरेका थिए । यस अघि पनि स्थापना दिवसको सन्दर्भ पारी क्लबले अग्रभागमा रही कामगर्ने सहकारी संस्थाका कर्मचारीहरुको लागि सहकारी सेवा संस्कार रुपान्तरण कार्यक्रम सञ्चालन गरेको थियो ।
सहकारी संघसंस्थामा कार्यरत कर्मचारीहरुको क्षमता विकास अपरिहार्य रहेको सन्दर्भमा आवश्यकता पहिचान गरी प्रभावकारी कार्यक्रमहरुको आयोजना गर्ने लक्ष्य सहित २०७८ भाद्र २ गते ९ जना व्यवस्थापकहरुको पहलकदमीमा क्लबको स्थापना भएको हो ।
Leave a comment