सहकारीहरूले आर्थिक वर्ष बन्द गर्नुभन्दा पहिला ऐन तथा निर्देशिकाको अधिनमा रही वित्तीय शुद्धता र पारदर्शिता कायम गर्न हिसाब मिलान, कर्जा वर्गीकरण तथा नोक्सानी व्यवस्था र कोषहरूको बाँडफाँड जस्ता अत्यावश्यक कार्यहरू पूरा गर्नुपर्दछ । आर्थिक वर्ष बन्द गर्नु पूर्व विचार गर्नुपर्ने प्रमुख बुँदाहरू यस प्रकार छन् ।
१, हिसाब मिलान (Account Reconciliation)
सम्पूर्ण बैंक खाता, नगद मौज्दात, ऋणीहरूको हिसाब, र बचतकर्ताहरूको खाता अन्तिम मितिसम्मको यथार्थ अवस्थामा रुजु (Reconcile) गर्ने ।
२, कर्जा वर्गीकरण र नोक्सानी व्यवस्था (Loan Classification & Provision)
खराब तथा जोखिमयुक्त कर्जाको पहिचान गरी प्रचलित ऐन (सहकारी ऐन, २०७४) र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) को मार्गदर्शन अनुसार अनिवार्य रूपमा सम्भावित कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provision) छुट्टाउने ।
३, अन्तरिक लेखापरीक्षण (Internal Audit)
लेखा सुपरिवेक्षण समिति मार्फत आर्थिक वर्षभरी भएका सम्पूर्ण आर्थिक तथा प्रशासनिक कारोबारहरूको आन्तरिक लेखापरीक्षण गराई त्रुटिहरू भए सच्याउने ।
४, कोषहरूको व्यवस्था (Reserve Funds)
सहकारी ऐनले तोकेबमोजिम जगेडा कोष, संरक्षित पूँजी फिर्ताकोष, सहकारी प्रवर्धनकोष र अन्य तोकिएका कोषहरूमा नियमअनुसारको रकम प्रतिशत कट्टी गरी जम्मा गर्ने ।
५, सम्पत्ति तथा दायित्वको मूल्यांकन (Asset & Liability Valuation)
स्थिर सम्पत्तिहरूको ह्रासकट्टी (Depreciation) कट्टा गर्ने र विभिन्न लगानी तथा शेयरहरूको यथार्थ बजार वा लागत मूल्य उल्लेख गर्ने ।
६, नियमिति मापदण्ड परिपालना
नेपाल राष्ट्र बैंक NRB वा सहकारी विभागद्वारा बचत तथा ऋणको कारोबारलाई लक्षित गरी जारी गरिएका पछिल्ला निर्देशनहरू, (जस्तैः तोकिएको तरल सम्पत्ति कायम, एकल ग्राहक कर्जासिमा, वा सिमाभन्दा बढीको स्रोत खुलाउने) को पालना भए–नभएको यकिन गर्ने ।
७, लेखापरीक्षक नियुक्ति तथा प्रतिवेदन
साधारण सभाबाट स्वीकृत प्राप्त इजाजतपत्रवाला लेखापरीक्षक (Auditor) मार्फत तोकिएको समयभित्र लेखापरीक्षण सम्पन्न गराउने ।
८, कोपोमिस (COPOMIS) अद्यावधिक
सहकारी विभागको प्रणालीमा संस्थाका सम्पूर्ण वार्षिक वित्तीय विवरणहरू नियमअनुसार अद्यावधिक गर्ने ।
९, कद गणना तथा दाखिला : (Tax calculation & Deposit )
सहकारी संस्थाले जम्मा ब्याज खर्चको ६% रकम , कर्मचारी खर्चको १% सां.सु.क, नियमअनुसार आयकर तथा अन्य करको गणना तथा दाखिला गर्नु पर्छ ।
१०, अग्रिम कर रुजु (Advance tax confirmations)
बैक तथा बित्तिय संस्थामा जम्मा गरेको डिपोजिट बाट प्राप्त हुने व्याजको कर कट्टी गरी सहकारी संस्थाको प्यान नंमा जम्मा गरे नगरेको सुनिश्चित गर्ने ।
११, अन्यः आर्थिक बर्षभरिका बुक गर्नुपर्ने खर्च तथा आम्दानी सुनिश्चित गर्ने ।
Leave a comment