काठमाडौं । शुभकामना बचत तथा ऋण सहकारी संस्थाले कर्मचारीलाई प्रविधिको प्रयोग सम्वन्धि तालिम दिएको छ । संस्थाले साउन ३० र ३१ गते कर्मचारीहरूका लागि आर्टिफिसियल इन्टेलिजेन्स विषयक दुईदिने तालिम दिएको हो । तालिममा प्रशिक्षक गोपाल किसीले प्रशिक्षण गरेका थिए ।
उनले दैनिक कार्यक्षेत्रमा प्रविधिको प्रभावकारी उपयोग, सेवा प्रवाहलाई छिटो छरितो बनाउने उपाय र एआई मार्फत संस्थागत दक्षता अभिवृद्धि गर्ने व्यवहारिक ज्ञान प्रदान गरेका थिए । तालिमले कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि गरी सदस्यहरूलाई अझ उत्कृष्ट, आधुनिक र गुणस्तरीय सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुयाउने विश्वास लिएको संस्थाकी प्रमुख कार्यकारी अधिकृत रेश्मी श्रेष्ठले बताइन ।
Leave a comment