हाइलाइट

सिजेएनले स्थापना दिवसमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गर्ने

सिजेएनले स्थापना दिवसमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गर्ने :: Sahakari Akhabar

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १६औं स्थापना दिवसमा सहकारीकर्मी र सञ्चारकर्मीहरु बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता  हुनेभएको छ । समाजले जिनोब इन्क प्रालिले विकास गरेको फिनएक्स सीबीएस ‘सम्पूर्ण सहकारी सफ्टवेयर इकोसिस्टम’को मुख्य प्रायोजनमा भदौ १६ गते ‘स्वास्थ्यका लागि खेलकुद’ शीर्षकको नाराका साथ सहकारीकर्मी र सञ्चारकर्मीहरुबीच एक दिवसीय मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

काठमाडौंको थापागाउँस्थित रोयल फुट्सलमा बिहान साढे १० बजेदेखि सञ्चालन हुने प्रतियोगितामा सहकारीकर्मी र सिजेएनका सदस्यहरुबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सिजेएनका सदस्य र सहकारी अभियानकर्ता बिच साझा टिम बनाएर प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।

सिजेएनको साउन २९ गते बसेको कार्यसमितिको बैठकले विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरेर स्थापना दिवस मनाउने निर्णय गरेको जनाएको छ । खेलकुदको माध्यमबाट स्वस्थ जीवनशैली प्रवर्धन गर्नुका साथै सहकारीकर्मी र सञ्चारकर्मीहरुबीच आत्मीय सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ समाजले फुटसल प्रतियोगिता आयोजना गर्नलागेको जनाएको छ ।

सहकारी बिटमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको क्षमता अभिबृद्धि, हकहित संरक्षण र वृत्ति विकास गर्ने मुख्य उद्देश्यका साथ २०६८ सालमा स्थापना भएको समाज यही भदौ १९ गते देखि १६औं स्थापना दिवस मनाउन लागेको हो । 
 



Leave a comment