काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थान विच भएको त्रिपक्षीय समजदारी भदौ एकगतेबाट कार्यान्वयनमा आएको छ । तीनवटा संस्थाले भदौ १ गतेदेखि दैनिक १ हजार पाँचसय लिटर दूध डिडिसीलाई उपलब्ध गराउने सम्झौता अनुसार संस्थाहरुले भदौ १ गते सम्झौता कार्यान्वयन गरेका हुन् ।
भदौ १ गते मकवानपुरका चारवटा साना किसान कृषि सहकारीबाट दुग्ध संस्थान ५ हजार लिटर दूध उपलब्ध गराएका छन् । मकवानपुरका साना किसान कृषि सहकारी मनहरी, साना कृषि सहकारी हाँडिखोला, साना किसान कृषि सहकारी बसामाडी र साना किसान कृषि सहकारी हर्नामाडीका सदस्यहरुले ५ हजार लिटर दूध संस्थालाई दिएको नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिएका छन् ।
साथै उनले आजै साना किसान कृषि सहकारी हाँडिखोलाको ३ हजार लिटर क्षमताको चिस्यानको उद्धघाटन समेत गरिएको जनाए । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच दुध खरिदविक्री गर्ने बारे त्रिपक्षीय सम्झौता भएको थियो ।
सम्झौतामा संस्थानले कृषि सहकारी मार्फत भदौ १ गतेदेखि दैनिक ६० हजार दूध खरिदगर्ने सम्झौता भएको हो । आगामी आर्थिक वर्ष भित्र दैनिक रुपमा ६० हजार लिटर दूध डिडिसीलाई साझेदार संस्था एवं सदस्य किसानहरुलउपलब्ध गराउने सम्झौता भएको थियो ।
Leave a comment