नयाँ सन्देश सहकारी : नयाँ कार्यसमिति पनि सुस्त

नयाँ सन्देश सहकारी : नयाँ कार्यसमिति पनि सुस्त :: Sahakari Akhabar

काठमाडौं । समस्याग्रस्त नयाँ सन्देश बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमितिले अझै काम सुरु गरेको छैन । बुढानिलकण्ठ नगरपालिकाले कार्यदिशाको व्यवस्था गर्न नसकेकाले काम सुरु हुन नसकेको हो । 
नगरपालिकाको समन्वयमा फागुन २० मा समस्याग्रस्त सहकारीको नयाँ कार्यसमिति चयन भएको थियो । उपाध्यक्ष प्रदिप क्षेत्रीका अनुसार नगरपालिकाले काम गर्ने वातावरण तयार नगरेकाले अझै काम सुरु नभएको बताए । उनले आउने हप्तादेखि मात्रै काम सुरु हुने बताए ।

सञ्चालक समितिले कर्जा उठाउने छ । त्यस्तै रकम हिनामिना गरेका सञ्चालकहरुको घरजग्गा खोजी गरी रोक्का गर्ने छ । क्षेत्रीले नगरपालिकाले कार्यालय सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताए । नयाँ सन्देशको कार्यालय वडा नम्बर ८ मा खोज्ने तयारी भएको छ । यसअघि रहेकै क्षेत्रमा कार्यालय खोज्न थालिएको छ ।

बुढानिलकण्ठ नगरपालिकाले सदस्यहरुको भेला गरी हितबहादुर मोक्तानको अध्यक्षतामा नयाँ संचालक समिति गठन गरेको छ । नगरपालिकाको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले नयाँ सन्देशलाई २०७७ असोजमा समस्याग्रस्त घोषणा गरेको थियो । पूर्व न्यायाधिश छन्दप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सुझाव अनुसार नगरपालिकाले नयाँ कार्यसमिति निर्माण गरी थप काम अघि बढाउने योजना अघि सारेको हो ।

नयाँ सन्देशको २५ करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना  भएको छ । समितिको प्रतिवेदन अनुसार सहकारीका सदस्य २ हजार ५ सय छन् ।  रकम हिनामिना गर्ने यसअघिका अध्यक्ष सानु ठकुरी, उपाध्यक्ष राजकुमार ठकुरी, सचिव अबिन परियार र कोषाध्यक्ष सुरेन्द्र ठकुरी पूर्पक्षका लागि जेलमा छन् ।

यो पनि पढ्नुहोस्

नयाँ सन्देश सहकारी सदस्यलाई हस्तान्तरण, निक्षेप फिर्ता कहिले ?

सहकारी व्यवस्थापन समितिले नसकेपछि पुनः सदस्यहरुकै जिम्मामा

नयाँ सन्देश सहकारीको  सञ्चालक समिति गठन गर्दै नगरपालिका



Leave a comment