काठमाडौं । नयाँ सन्देश बचत तथा ऋण सहकारी संस्थामा नयाँ संचालक समिति गठन हुने भएको छ । बुढानिलकण्ठ नगरपालिकाले समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन गरिरहेको उक्त संस्थाको नयाँ सञ्चालक समिति गठन गर्न सूचना सार्वजनिक गरेको छ ।
फागुन २० गते संस्थाका सम्पूर्ण शेयर सदस्यलाई शेयर प्रमाणपत्र सहित बुढानिलकण्ठ पार्टी प्यालेस नारायणथानमा बिहान १० बजे उपस्थित हुन नगरपालिकाले बुधबार सूचना जारी गरेको थियो ।
संस्थाका बचतकर्ता तथा शेयर सदस्यहरु मध्येबाट नयाँ संचालक समिति गठन गर्न भेला डाकिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले नयाँ सन्देशलाई २०७७ असोजमा समस्याग्रस्त घोषणा गरेको थियो ।
समितिले संस्थाको प्रतिवेदन तयार पारी लेखापरीक्षण गरेको जनाएको छ । सहकारीले सदस्यको २५ करोड रुपैयाँ बढी हिनामिना गरेको छ ।
Leave a comment