मोरङको ग्रामथान गाउँपालिकाको झोराहाटमा रहेका १६ वटा तत्कालीन साझा सहकारी हरूमध्ये जीवित रहेको मध्येको एउटा सहकारी संस्था लि. र जिल्लाको सहकारी अभियान बारे जिल्ला सहकारी सङ्घ मोरङका बरिष्ठ उपाध्यक्ष तथा सहकारी संस्था लि.झोराहाटका अध्यक्ष विजयकुमार माझीसँग सहकारी अखबार कालागि चीना थापाले गरेको कुराकानीका आधारमा तयार गरिएको विचार ।
मोरङमा २०२४ सालमा सरकारको सहयोगमा १६ वटा सहकारी (साझा) कृषि विकास बैङ्कबाट अनुदान दिएर सञ्चालन गरेको थियो । सहकारीको व्यवस्थापक (कर्मचारी)को पनि सेवा सुविधा सरकारले नै तोकेको हुन्थ्यो ।
कृषकलाई बिउ विजन वितरण गर्ने देखि विभिन्न काम सहकारी संस्थामार्फत हुन्थ्यो । सरकारले जुन उद्देश्यले सहकारी संस्था सञ्चालनमा ल्याएको थियो त्यो अनुसार सञ्चालन हुन सकेनन् त्यस कारण सबै सहकारी बन्द अवस्थामा पुगे । कुनै बैङ्कले लिलामी गरिदियो भने कुनै सहकारी धराशायी अवस्थामा चलिरहेका छन् ।
मोरङका १६ वटा सहकारी संस्था मध्ये अहिले सुन्दर हरै चाको दुलारी रङेली, विराटनगरको कञ्चनवारि, कर्सियामा रहेको सहकारी संस्था जेनतेन चलिरहेका छन् । अरु सबै बन्द अवस्थामा नै छन् ।
त्यस मध्ये हाल ग्रामथान गाउँपालिकाको झोराहाटमा रहेको सहकारी संस्था लि. भने पुरानो उत्कृष्ट संस्था बनेको छ । संस्थाले १८ करोडको कारोबार गरेको छ भने समुदायमा आधारित संस्थाको जिकिर गर्छन् अध्यक्ष माझी ।
डुबेको सहकारीलाई उकासे
माझी सहकारीको अध्यक्ष भएर आउँदा संस्थाको ऋण धेरै थियो । जथाभाबी ऋण प्रवाह गरिएको थियो । सञ्चालक समितिका पदाधिकारीहरूले नै ऋण लिएर सहकारीलाई डुबाएका थिए ।
सहकारीको मर्म अनुसार संस्था सञ्चालन गर्ने माझीले अठोट गरेका थिए । उनले आचारसंहिता निर्माण गरे र सोही अनुसार सहकारीलाई सञ्चालनमा ल्याए ।
सहकारीमा मनोमानी गर्न नपाएकाहरूले उनको कार्यशैलीको विरोध गरे, तर पनि माझी आफ्नो अडानबाट पछि हटेनन् । तीन वर्षसम्म सहकारीले प्रगति गर्यो ।
उनको पहिलो कार्यकाल सकिन लाग्दा सहकारीको चुनाव कुनै संसद्को चुनाव भन्दा कम भएन । राजनीतिक दलको जस्तै प्यानल बनाएर चुनाव भयो । उनले चुनाव जिते, अहिले चौथो कार्यकाल सहकारीको नेतृत्व गरिरहेका छन् ।
सहकारी प्रतिस्पर्धा गर्न खोज्दा पनि समस्या देखिएको छ । यति व्याज दिने, उति व्याज दिने भनेर विज्ञापन गरेको हुन्छ । त्यस्ता सहकारी कत्ति समय चल्छ बचत गर्ने मानिसले यो कुरामा ध्यान दिनुपर्छ । सहकारीको नम्स अनुसार सञ्चालन गर्ने हो भने कुनै पनि सहकारीमा समस्या देखिँदैन । बजारमा उ भन्दा म के कम भनेर गलत प्रवृत्तिले प्रतिस्पर्धा गर्न खोज्दा सहकारी डुबेका छन्
सहकारीमार्फत व्यवसाय गर्ने सोचका साथ संस्थाले पाँच कट्ठा जमिन जग्गा खरिद गरिसकेको छ । पानी उद्योग सञ्चालन गर्ने सोच सञ्चालक समितिले बनाएको थियो । तर त्यसमा रिस्क हुने भएकाले आट गर्न सकेन ।
अहिले नेपाल सरकारले पनि सहकारीलाई उद्योग सञ्चालनको लागि बाटो खुल्ला गरिएकाले आगामी दिनमा संस्था एक्लै वा अरू कुनैसँग मिलेर भए पनि व्यवसाय सञ्चालन गर्ने सोच छ । सहकारीको आफ्नै भवन छ । ७ सय शेयर सदस्य छन् ।
सो क्षेत्रका ८ वटा सहकारीले प्रत्यक्ष रूपमा सहकारी संस्थामा कारोबार गर्ने गरेका छन् । समूहहरूको खाता पनि सोही सहकारी संस्थामा सञ्चालन गर्ने गर्दछन् । गाउँपालिका देखि विद्यालयहरूको खाता पनि उक्त सहकारीमा छ । सहकारीले ६ प्रतिशत व्याज दिने गरेको छ ।
सहकारी संस्थाले १५ लाखसम्म ऋण प्रवाह गर्ने गरेको छ । किस्ताबन्दीमा ऋण प्रवाह गर्दैन । शेयर सदस्यको सुविधा अनुसार ऋण प्रवाह गर्ने गरेको छ । शेयर सदस्यले एकमुष्ट एक वर्ष, दुई वर्ष र तीन वर्षमा रकम बुझाए हुन्छ ।
संस्थामा तीन महिना अनिवार्य बचत गरिसकेपछि शेयर सदस्यको लागि आवेदन दिनुपर्छ । त्यसपछि सञ्चालक समितिले छानबिन गर्छ र शेयर सदस्य बन्न योग्य छ भने मात्र सदस्य बनाउँछ । अहिले सहकारीले रासायनिक मलका साथै धान, गहुँलगायत बिउ विजनहरू विक्री वितरण गर्दै आएको छ ।
पाँच वर्षको अवधिमा स्थानीय सरकारले न त ऐन तथा नियमावली बनायो । न त सहकारीको अनुगमन गर्यो । स्थानीय तहका कर्मचारीसँग कुरा गर्दा जनशक्ति छैन, विकासको काममा खट्नुपरेको छ भन्ने जवाफ आउँछ । गाउँपालिकाले अनुगमन गर्ने हो भने धेरै सहकारी कारबाहीमा पर्छन् ।
सहकारीलाई सफल बनाउन नेतृत्व जिम्मेवार हुनुपर्छ
सहकारीमा पछिल्लो समयमा निकै विकृति देखिएको छ । जसले धेरै लगानी गर्यो उसैको बढी हालीमुहाली हुने गरेको छ । ३ सय शेयर सदस्य भएको ठाउँमा साधारण बचतकर्तालाई पनि शेयर सदस्यमा देखाइदिने प्रवृत्ति धेरै छ ।
सहकारीको बोनस खादा पनि सञ्चालक समितिले बढी लिने र अन्य शेयर सदस्यलाई कम दिने चलन धेरै छ । त्यस कारण सहकारी सहकारी जस्तो नभई कम्पनीको रूपमा विकास भएको देखिन्छ ।
सहकारीमा नाफा कमाउनका लागि आफन्तहरू मात्रै सहकारीमा राख्ने चलन पनि छ । सञ्चालक समितिमा पनि एक जनाको मात्र निर्णय मान्ने खालको समिति बनाउने र कर्मचारीको रूपमा आफन्त नै राख्ने प्रचलन छ ।
ऋण दिँदा पनि आफन्तलाई बढी दिने र शेयर सदस्यलाई कम दिने चलन पनि छ । धेरै सहकारी सहकारीको सिद्धान्त अनुसार सञ्चालन भएका छैनन् । त्यस कारण पनि सहकारीमा समस्या धेरै आइरहेको छ ।
सहकारीमा राजनीतिकरण पनि हुने गरेको छ । सहकारीको कार्यक्रम छ, तर नेतालाई भाषण गर्न लगाएर के उपलब्धि हुन्छ ? सहकारी सम्बन्धीको व्यक्तिलाई कार्यक्रम ल्यायो भने उसले सहकारी सञ्चालन गर्ने सम्बन्धमा केही कुरा बोल्छन् ।
त्यसबाट सहकारीका शेयर सदस्यले पनि केही बुझ्छन् । नेताको भाषणले के बुझ्छन् । त्यस कारण सहकारी सहकारी सिद्धान्त अनुसार चल्नुपर्छ र सञ्चालक समितिले पनि शेयर सदस्यको सुविधालाई हेरेर काम गर्नुपर्छ ।
सहकारी प्रतिस्पर्धा गर्न खोज्दा पनि समस्या देखिएको छ । यति व्याज दिने, उति व्याज दिने भनेर विज्ञापन गरेको हुन्छ । त्यस्ता सहकारी कत्ति समय चल्छ बचत गर्ने मानिसले यो कुरामा ध्यान दिनुपर्छ ।
सहकारीको नम्स अनुसार सञ्चालन गर्ने हो भने कुनै पनि सहकारीमा समस्या देखिँदैन । बजारमा उ भन्दा म के कम भनेर गलत प्रवृत्तिले प्रतिस्पर्धा गर्न खोज्दा सहकारी डुबेका छन् । त्यस कारण सहकारीमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ ।
शेयर सदस्य जो सुकै होस् समान हुनुपर्छ । धेरै लगानी गरेकाले म ठुलो भनेर सञ्चालक समितिको हालीमुहाली हुँदा सहकारीमा समस्या देखिएको हो । यो विषयमा सञ्चालक समिति नै जिम्मेवार भएर अघि बढ्न सक्यो भने सहकारीमा समस्या देखिँदैन ।
नचलेका सहकारी खारेजी गर्नुपर्छ भनिरहेको छु । स्थानीय तहलाई कसरी सहकारी संस्थालाई प्राथमिकतामा राख्ने भन्ने विषयमा सङ्घले पुलको काम गर्नुपर्छ । स्थानीय तहले नियमन गर्ने वातावरण सिर्जना सङ्घले गर्नुपर्छ ।
स्थानीय तहले सहकारीलाई महत्त्व दिएन
देश सङ्घीयतामा गएसँगै तीन तहको सरकारले सहकारीको अनुगमन गर्छ । प्रदेश सरकार मातहतमा रहेको सहकारीहरूको अनुगमन प्रदेश रजिस्टार कार्यालय इटहरीले गर्छ भने स्थानीय तह मातहतमा रहेका सहकारीको अनुगमन स्थानीय सरकारले गर्छ ।
तर पाँच वर्षको अवधिमा स्थानीय सरकारले न त ऐन तथा नियमावली बनायो । न त सहकारीको अनुगमन गर्यो । स्थानीय तहका कर्मचारीसँग कुरा गर्दा जनशक्ति छैन, विकासको काममा खट्नुपरेको छ भन्ने जवाफ आउँछ । गाउँपालिकाले अनुगमन गर्ने हो भने धेरै सहकारी कारबाहीमा पर्छन् ।
मासिक प्रतिवेदन बुझाउने सहकारी ५ प्रतिशत पनि छैनन् । धेरै सहकारीले समयमा साधारण सभा पनि गरेका छैनन् । नियमनकारी निकायले नै वास्ता नगरेपछि सहकारी संस्था मनपरी चलिरहेका छन् ।
म जिल्ला सहकारी सङ्घको वरिष्ठ उपाध्यक्ष भएको नाताले पनि यो विषयमा चिन्तित छु । मैले आफ्नो संस्थालाई मात्र सिस्टममा काम गरेर हुँदैन ।
अरू संस्थालाई पनि सिस्टममा ल्याउने कोसिस गर्नुपर्छ । सङ्घको बैठकमा यो कुरा उठाउँछु पनि । कतिपय सहकारी झोलामा सीमित छन् । मैले सङ्घमा आबद्ध सहकारीलाई चलायमान बनाउनुपर्छ भनेर कुरा गरिरहेको छु ।
नचलेका सहकारी खारेजी गर्नुपर्छ भनिरहेको छु । स्थानीय तहलाई कसरी सहकारी संस्थालाई प्राथमिकतामा राख्ने भन्ने विषयमा सङ्घले पुलको काम गर्नुपर्छ ।
स्थानीय तहले नियमन गर्ने वातावरण सिर्जना सङ्घले गर्नुपर्छ । सहकारीलाई स्थानीय तहहरूले प्राथमिकतामा राखेर नियमन गर्न सक्नुपर्छ ।
Leave a comment