हाइलाइट

प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सिको साकोसले एकलाख एकाउन्न हजार सहयोग गर्ने

प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सिको साकोसले एकलाख एकाउन्न हजार सहयोग गर्ने :: Sahakari Akhabar

काठमाडौं । ठाकुरबाबा नगरपालिका १ भुरीगाउँ बर्दियामा रहेको सिको बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ लाख ५१ हजार एक रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ । संस्थाले राष्ट्रिय विपत्तिमा सहयोग गर्नु संस्थागत दायित्व भएको भन्दै सहयोग तथा ऐक्यबद्धताको निर्णय गरेको हो ।

विपतको विषम परिस्थितिमा उद्धार, राहत तथा पुनसर््थापनाका कार्यहरूमा राज्य, नियामक निकाय, सहकारी महासंघ र नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कून)को कदममा हातेमालो गर्नु हाम्रो परम सामाजिक कर्तव्य रहेको संस्थाका अध्यक्ष दामोदर अधिकारीले बताएका छन् ।

भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भई जनजीवन अस्तव्यस्त बनेको खबरले संस्था परिवार अत्यन्त दुःखी र मर्माहत भएको र विपद् व्यवस्थापनमा सघाउ पुर्याउने उद्देश्यले संस्थाको तर्फबाट उक्त योगदान गर्ने निर्णय गरिएको अध्यक्ष अधिकारीले जनाए ।

उद्धार र राहतमा ऐक्यबद्धता जनाउँदै राष्ट्रिय अभियान र नियामक निकायको मार्गदर्शन अनुसार स्थानीय स्तरमा हुनसक्ने उद्धार, राहत तथा स्वयंसेवाका कार्यहरूमा संस्थाका सञ्चालक, समिति तथा कर्मचारी पूर्णरूपमा समर्पित रहने समेत प्रतिबद्धता व्यक्त गरेको जनाए ।

साथै संस्थाले शेयर सदस्य, शुभेच्छुक तथा अन्य विषयगत सहकारी संघ संस्थाहरूलाई पनि आआफ्नो ठाउँबाट स्वेच्छिक रूपमा राहत कोषमा योगदान गरी राष्ट्रिय संकटको घडीमा सहयोगी हातहरू बढाउन अपिल गरेको छ ।



Leave a comment