हाइलाइट

साकोस अभियानको अवस्था, चुनौती, सम्भावना र रणनीतिक मार्गचित्र

साकोस अभियानको अवस्था, चुनौती, सम्भावना र रणनीतिक मार्गचित्र :: Sahakari Akhabar

यो बर्ष नेपालको बचत तथा ऋण सहकारी अभियानका लागि सामान्य वर्ष होइन । यो परिवर्तनको वर्ष हो। विगतको सहकारी अभियानको मुख्य प्रश्न थियो: हामी कति संस्था निर्माण गर्न सक्छौं ?” अबको प्रश्न हुनुपर्छ: हामी कति सुरक्षित, सक्षम, दिगो र सदस्यकेन्द्रित वित्तीय सहकारी संस्था निर्माण गर्न सक्छौं ?”

बिषय प्रवेशः

नेपालको सहकारी अभियानमा बचत तथा ऋण सहकारी क्षेत्रले सदस्यहरूको बचत परिचालन, स्थानीय पूँजी निर्माण, वित्तीय पहुँच विस्तार, स्वरोजगार तथा उधमशीलता प्रवर्द्धन र समुदायमा आधारित वित्तीय सेवाको विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ भने अभियानको छाता संघकोरूपमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (NEFSCUN) ले विगत चारदशक देखि बचत तथा ऋण सहकारी संस्थाहरूको संस्थागत विकास, क्षमता अभिवृद्धि, वित्तीय अनुशासन, प्रविधि, सदस्य शिक्षा तथा नीति पैरबीमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

आज बचत तथा ऋण सहकारी नेपालको समुदयस्तरमा पुगेको छ । आजको परिबेशमा समग्र बचत ऋण सहकारी अभियान एक महत्वपूर्ण संक्रमणकालमा प्रवेश गरेको छ। विगतमा संस्थाको संख्या, सदस्यता र वित्तीय कारोबारको विस्तारलाई सफलता मानिएको भएपनि अब गुणस्तर, सुशासन, जोखिम व्यवस्थापन, सदस्य संरक्षण, वित्तीय स्थायित्व, डिजिटल रूपान्तरण, नियामकीय अनुपालन र संस्थागत विश्वसनीयतालाई सफलताको आधार बनाउनुपर्ने अवस्था आएको छ।

विशेषगरी पछिल्ला वर्षहरूमा केही सहकारी संस्थामा देखिएका तरलता समस्या, सदस्यको बचत फिर्ता गर्न नसक्ने अवस्था, ऋण दुरुपयोग, कमजोर सञ्चालक समिति, स्वार्थको द्वन्द, सम्बन्धित पक्षमा अधिक कर्जा, कमजोर आन्तरिक नियन्त्रण, लेखा तथा सूचना प्रणालीमा कमजोरी र नियामकीय अनुपालनको अभावले समग्र सहकारी अभियानको प्रतिष्ठा कमजोर भएको छ । बचत तथा ऋण सहकारी क्षेत्रलाई सुरक्षित, स्वस्थ, दिगो र सदस्यकेन्द्रित वित्तीय सहकारी प्रणालीतर्फ रूपान्तरण गर्नु अत्यावश्यक भएको छ।

बचत ऋण सहकारी क्षेत्रः

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको गठन पछि नेपालको बचत ऋण सहकारी अभियान नियमनको चरणमा प्रबेश गरेको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरू इजाजत प्राप्त वित्तीय सहकारीको रुपमा विकास गर्नु पर्ने कठिन चरणमा प्रबेश भएको छ ।

सञ्चालनका लागि कठोर नियामकीय मापदण्ड परिपालना, दर्ता अभिलेखीकरण वा इजाजत नविकरण, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण, कर्जा सूचना केन्द्रको सदस्यता, स्थिरीकरण कोषमा योगदान अनिवार्य भएको छ । नियामाकिय दोहोरोपन बाँकि नै छ।

सहकारी सिध्दान्त, मूल्य, मान्यतामा क्षयिकरण भएका कारण सहकारिता कमजोर भएको छ। केही सहकारीहरुको असफलता नियामाक र सञ्रार जगतको मुख्य बिषय भएको छ। आज सहकारी चौताराको चर्चाको बिषय भएको छ । भुकम्प, कोभिड, तरलता संकट सबैमा बाँचेको यो अभियानको दीगोपनका लागि रूपान्तरण अपरिहार्य भएको छ ।

नेपालको बचत तथा ऋण सहकारी अभियानको आगामी चरण संख्या बढाउने अभियान होइन, सुरक्षित, सक्षम, प्रविधिमैत्री, सदस्यकेन्द्रित र दिगो वित्तीय सहकारी प्रणाली निर्माण गर्ने अभियानको रूपमा बिकास गर्न आवश्यक छ । नेपालको सहकारी अभियान सामाजिक पूँजी, सामूहिक बचत, सामुदायिक सहभागिता र स्थानीय आर्थिक विकासमा आधारित महत्वपूर्ण आर्थिक आन्दोलन बन्न रूपान्तरण आवश्यक छ ।

सुधारको शुरुवात कानून कार्यान्बयनवाट हुन आवश्यक छ । सहाकारी क्षेत्र सुधारको पहिलो काम कानून कार्यान्वयन हो । बचत तथा ऋण सहाकारी क्षेत्र सुधारको मूल काम बचत तथा ऋण सहाकारी ऐन नै हो । नियामाक निकाय फरक भएर मात्र पुग्दैन ।

सुधारको आवश्यकताः

बचत ऋण सहकारी क्षेत्रगत स्थायित्व बिना सुधार सम्भव छैन । व्यवस्थाककीय स्तरीकरण आजको आवश्यकता हो । सहकारी सिध्दान्त, मूल्य, मान्यतामा आधारित नेतृत्व आजको आवश्यकता हो । सहकारितामा आधारित नेतृत्वले मात्र सुधार सम्भव छ । यसका लागि बलियो केन्द्रीय संघ अत्यावश्यक छ ।

केन्द्रीय जोखिममा आधारित सुपरिवेक्षण सहयोग प्रणाली विकास, बचत तथा ऋण क्षेत्रको तथ्याङक तथा ज्ञान केन्द्र, पुर्व सूचना प्रणाली सेवा प्रदायक, आधुनिक तरलता व्यवस्थापन प्रणाली, कमजोर संस्थाको पुनर्संरचना, एकिकरण तथा पुनरुत्थानको ढाँचा, संस्थागत सुशासन ढाँचा, डिजिटल प्रणाली, साइबर सुरक्षा र साझा प्रविधि पूर्वाधार विस्तार, सदस्य संरक्षण तथा वित्तीय साक्षरता, एकीकृत जोखिम व्यवस्थापन,  सम्पत्ती दायित्व व्यवस्थापन, ऋण जोखिम व्यवस्थापन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी विस्तार, महिला, युवा, कृषि, MSME तथा हरित वित्तलाई प्राथमिकता दिन केन्द्रीय संघ ज्ञान तथा नवप्रवर्तन केन्द्रका रूपमा विकास गर्नु आजको आवश्यकता हो ।

आवश्यक कानुनी सुधारका लागि प्रमाणमा आधारित नीति पैरवी गरी दीर्घकालीन रूपमा सदस्यहरूलई वित्तीय पूर्वाधार थप सुदृढ गर्न केन्द्रीय वित्तीय संस्थाको अवधारणाबारे नीति लिन आवश्यक छ ।

नेपालको बचत तथा ऋण सहकारी क्षेत्रमा अत्यन्त व्यापक नेटवर्क भएको संस्था भएकोले मात्र केन्द्रीय संघको भूमिका पुग्दैन । नेटवर्कको आकार आफैंमा संस्थागत सफलता होइन । यसका लागि केन्द्रीय संघको वित्तीय स्वास्थ्य, संस्थागत सुशासन, सदस्य संरक्षण, जोखिम व्यवस्थापन, डिजिटल क्षमता, मानव संसाधन, अनुपालन, कर्जा गुणस्तर, तरलता र पूँजी पर्याप्ततामा थप सुधार आवश्यक छ ।

नेपालमा SACCOS क्षेत्रले ठूलो वित्तीय नेटवर्क निर्माण गरेको भए पनि संस्थाहरूको अवस्था समान छैन । एकातर्फ अत्यन्त सक्षम, प्रविधिमैत्री, राम्रो पूँजी, राम्रो governance र उच्च सदस्य विश्वास भएका संस्थाहरु छन् भने अर्कोतर्फ कमजोर पूँजी, कमजोर तरलता, उच्च भाखा नाघेको ऋण, उच्च गैर बैंकिङ सम्पत्ती, कमजोर सञ्चालन, असम्बन्धित पक्षलाई कर्जा, कमजोर अडिट, कमजोर व्यवस्थापन सूचना, अपर्याप्त आन्तरिक नियन्त्रण भएका संस्थाहरू पनि छन् । त्यसैले आगामी समयमा बचत ऋण सहकारी क्षेत्रलाई एउटै समूहका रूपमा हेर्नुभन्दा  जोखिमका आधारमा खण्डिकरण गरी व्यवस्थापन गर्न आवश्यक छ ।

जोखिमको भारः

बचत तथा ऋण सहकारीको वित्तीय स्वास्थ्य सोही सस्थाको संरचनाले असर गर्दछ । कमजोर ऋण बिष्लेषण, परंपरागत धितोमा मात्र आधारित ऋण, नगद प्रवाह बिष्लेषणको अभाव, केन्द्रीकृत ऋण, व्यवस्थापनमा सम्बन्धितहरूमा परिचालन भएको ऋण, भाखा नाघेको ऋणको आकारले सहकारी क्षेत्र जोखिमपूर्ण बनेको छ।

बचत तथा ऋण सहकारीका लागि तरलता अत्यन्त महत्वपूर्ण हुन्छ । यदि सदस्यको निक्षेप फिर्ता माग बढ्यो तर संस्थाको रकम लामो अवधिको कर्जामा फसेको छ भने संस्था समस्यामा पर्दछ । तरलताको जोखिमको असर तत्काल पर्दछ ।

सहकारीको वित्तीय स्थायित्वमा सञ्चालक समितिको भूमिका निर्णायक हुन्छ।  राजनीतिक वा व्यक्तिगत प्रभाव, अनुभवको अभाव, कमजोर समिति प्रणाली, स्वार्थ आदिले सहकारी ब्यबस्थापन जोखिम पूर्ण देखिएको छ । भरखर सहकारी  क्षेत्रमा नयाँ नियामकीय संरचनामा प्रवेश गरेको छ ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूका लागि सञ्चालनसम्बन्धी नियामकीय मापदण्ड, अभिलेखीकरण मापदन्ड, AML / CFT, कर्जा सूचना केन्द्रको सदस्यता तथा अन्य अनुपालनसम्बन्धी व्यवस्था अघि बढाएको छ

सबै संस्थाहरुमा क्षमताको अभाव रहेको छ । सहकारी वित्तीय संस्था भएकाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था पालना गर्नुपर्ने भएको छ । साकोसले अलग–अलग महँगो प्रणाली खरिद गर्नुपर्ने अवस्थाले पानि जोखिम भएकोछ ।

सुधारको मार्गचित्रः

बचत तथा ऋण सहाकारी ऐनः सुधारको शुरुवात कानून कार्यान्बयनवाट हुन आवश्यक छ । सहाकारी क्षेत्र सुधारको पहिलो काम कानून कार्यान्वयन हो । बचत तथा ऋण सहाकारी क्षेत्र सुधारको मूल काम बचत तथा ऋण सहाकारी ऐन नै हो । नियामाक निकाय फरक भएर मात्र पुग्दैन ।

ऐननै सहकारी डी एन ऐ बोकेको वित्तिय स्थिरता कायम गर्ने हुनु पर्दछ । बचत तथा ऋण सहकारी ऐन बौध्दिक विलासको बिषय होइन । अभियानको आवश्यकता हो । बचत तथा ऋण सहाकारी ऐनले मात्र अभियान र सरकारलाई सही भूमिका दिन सक्दछ । बचत तथा ऋण सहाकारी ऐनले मात्र अभियानको जिम्मेवारी बोध गराउन सक्दछ।

बचत तथा ऋण सुरक्षण कोष: सहकारी ऐन २०७४ अनुसार बचत तथा ऋण सहाकारीहरू बचत तथा ऋण सुरक्षण कोषमा आवद्ता हुने व्यवस्था कार्यान्वयन हुन पर्दछ । सदस्यहरुको बचत सुरक्षणको प्रत्याभुती राज्यले गर्नु पर्दछ । बचत सुरक्षणको प्रत्याभुती विना अभियानको विस्वास पुन आर्जन हुन सक्दैन ।

बचत तथा ऋणको सुरक्षणको प्रत्याभूति विना अभियानको बृद्धि र सुरक्षा सम्भव छैन । कानूनमा आएको व्यवस्था तत्काल कार्यान्वय हुन आवश्यक छ । यसका लागि संघको पैरबीको प्राथमिकता रहेको पनि छ । बचतको सुरक्षा नै अभियानको सुरक्षा हो।

सबै बचत तथा ऋण सहकारीहरु सहभागि हुनसक्ने गरी बचत तथा ऋण सहकारी सुरक्षण कोष तत्काल कार्यान्वयन आउन हुन जरूरी छ । यसका लागि अभियानले पैरबी र सरकारले पहल गर्न आवश्यक छ ।

केन्द्रीय तरलता सुबिधा अभियानको सञ्जिवनी हो । अभियानले बनाउनु पर्छ । अभियानमा हुनुपर्छ । संकटको समयमा अभियानले भनेजसरी नै परिचालन गर्न पनि पाउनु पर्दछ । यसको स्वमित्व अभियानले लिन आवश्यक छ ।

स्थिरीकरण कोषमा अनिवार्य सहभागिताः नेपालको बचत तथा ऋण सहकारी अभियान विकासको चरणवाट गुणस्तर सुनिश्चितता र सञ्जालिकरणको चरणमा प्रवेश गरेको छ । सवल संस्थाहरु कम, सुधार गर्नुपर्ने संस्थाहरु बढि भएको समयमा सहकारी अभियानमा जोखिम, अपेक्षा भन्दा अधिक छ ।

त्यसैले आजको आवश्यकता भनेको संस्थागत विकास र संरक्षण हो । संस्था नै नरहे सदस्यहरुको बचत सुरक्षा हुन सक्दैन । त्यसले सहकारी ऐनको दफा १०३ बमोजिमको कोषलाई प्रभावकारी बनाउन आवश्य छ । स्थिरीकरण कोष अभियानको स्वामित्वमा हुनु पर्दछ । जोखिम सुपरिवेक्षण प्रणाली स्तरीय भएको सुनिश्चित गर्न आवश्यक छ ।

योगदान जोखिमको आधारमा गर्ने बिधि राज्यले दिनु पर्दछ र सबै बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारीहरुको आवद्धता अनिवार्य गर्नु पर्दछ । स्थिरीकरण कोषको बिषय बचत तथा ऋण सहकारीको छनौटको बिषय होइन । राज्यले संस्थागत रुपमा औपचारी वित्तीय उपकरणहरुमा पहुँच नदिएको समयमा स्थिरीकरण कोष मात्र एक बिकल्प हुन सक्दछ।

बचत तथा ऋण सहकारी सञ्जालको स्वरुप र भूमिकाः बचत तथा ऋण सहकारीहरुका औपचारिक अनौपचारिक सञ्जालहरुको भूमिका नीतिगत रुपमा परिभाषित हुन आवश्यक छ । यसको जिम्मेवार सरकार भन्दा बढि अभियान हो । बचत तथा ऋण सहकारी संघहरु व्यवसायिक संगठन होइनन् ।

साझा सेवाहरु सञ्चालनका आधारभूत कार्यढाँचा हुन् भन्ने बुझ्न आवश्यक छ । सबै सदस्यहरुको आवश्यक सेवालाई बजार भन्दा गुणस्तर र कम मूल्यमा पाउनेगरी विकास, परिमार्जन र स्तरोन्नतीका लागि सञ्जालको आवश्यकता छ । साझा सेवा सञ्चालनमा संघहरुको भूमिका स्पष्ट रुपमा परिभाषित हुनु पर्दछ ।

अन्तरलगानी, सफ्टवयर, तालिम, शिक्षा, सुपरिवेक्षण, बजारीकरण, आपुर्ति सेवाहरुमा कसको भूमिका के हुने अभियान बसेर परिभाषित गर्न आवश्यक छ त्यसैगरी खर्च न्यूनिकरण, प्रबिधिको स्तरीकरण आजको आवश्यकता हो । यसमा संघको भूमिका बढाउनु पर्दछ । तह, आकार र क्षमता मात्र प्रश्न वा समाधान होइन ।

सबैको स्वामित्व भएको सबैको परिभाषित काम भएको अभियानको नयाँ स्वरुप परिभाषित हुन आवश्यक छ । आजको प्रबिधिको युगमा सञ्जालको स्वरुप के हुन पर्दछ अभियानले भन्ने हो । हरेक बचत तथा ऋण सहकारीहरुको त्यसमा भूमिका हुनु पर्दछ । त्यही बिषय बचत तथा ऋण सहकारी ऐनमा परिभाषित हुन आवश्यक छ ।

बचत तथा ऋण सहकारी सञ्जालको स्वरुप र भूमिकामा प्रभावकारीता बढेन भने बचत तथा ऋण सहकारी अभियान कमजोर हुन्छ । अभियानको एउटा मात्र पात्र कमजोर भए पनि अभियान बलियो बन्न सक्दैन । यसमा सबैले तिता र पुराना बिषयवाट पाठ सिकेर नयाँ सृजनामा लाग्न आवश्यक छ । बचत तथा ऋण सहकारी अभियानमा ठुलो सानो, जान्ने नजान्ने र तल माथिको भन्ने छैन र हुनु पनि हुंदैन ।

केन्द्रीय तरलता सुबिधाको सृजनाः बचत तथा ऋण सहकारी अभियानमा केन्द्रीय तरलता सुबिधा हुन आवश्यक छ । राज्य आजका दिनसम्म यो सुबिधा दिन तयार छैन । यसलाई केही मात्रमा अभियानका सरोकारवालाहरुले पनि व्यवसायको अंशको रुपमा योजना गरेको पाइन्छ । केन्द्रीय तरलता सुबिधा अभियानको सञ्जिवनी हो ।

अभियानले बनाउनु पर्छ । अभियानमा हुनुपर्छ । संकटको समयमा अभियानले भनेजसरी नै परिचालन गर्न पनि पाउनु पर्दछ । यसको स्वमित्व अभियानले लिन आवश्यक छ । अभियानलाई बनाउन केन्द्रीय तरलता सुबिधा कसैले दिंदैन । यो हाम्रो जिम्मेवारी हो । यो व्यवसाय होइन । यो जोखिम रहित ढाँचामा शुरुवात हुन आवश्यक छ ।

सबै बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारीहरुको सहभागता हुनुपर्दछ । बचत सुरक्षण कोष, स्थिरिकरण कोष र केन्द्रीय तरलता फरक बिषय हो । एउटै बिषय होइन । बचत सुरक्षण कोषले संस्थाको बिघटन पछि सदस्यहरुको बचत फिर्ताको प्रत्याभुति गर्दछ ।

स्थिरीकरण कोषले तत्कालको तरलताको व्यवस्थापन गर्दछ र जोखिमको सुपरिवेषण गरी व्यवस्थापन गर्दछ भने केन्द्रीय तरलता कोष तरलताका लागि अन्तिम विकल्प हो । यसले अभियानको तरलताको सुनिश्चित गर्ने प्रणालीको रुपमा काम गर्दछ ।

केन्द्रीय तरलता मागको बिषय होइन । यो अभियान मिलेर सृजना गर्ने बिषय हो । यो सरकारको आवश्यकता भन्दा बढि अभियानको आवश्यकता हो । हामी सदस्यहरुको बचत फिर्तामा जिम्मेवार हुन आवश्यक छ । केन्द्रीय तरलता अव अभियानको सपना हो । मिलेर पुरा गर्नु पर्दछ ।

बचत तथा ऋण सहकारीहरुको पूर्व सूचना प्रणाली अभियानमा नै विकास हुन आवश्यक छ । आजको वित्तीय कारोवारमा बिद्यमान जोखिम समयमा नै व्यवस्थापन गर्न एउटा व्याक्ति, संस्था वा बिधिवाट सम्भव छैन ।

समस्याग्रस्तता व्यवस्थापन संरचना ढाँचाः बचत तथा ऋण सहकारीहरुमा देखिएको समस्या समाधान गर्ने र भविष्यमा आउने समस्या तथा विवादहरुको समाधान गर्ने ढाँचा पेशागत हुनु पर्दछ । एक भन्दा अधिक संस्थामा जिम्मेवारी निहित गरेर वा समान्य नीतिगत व्यवस्था गरेर पुग्दैन ।

अभियानको सहभागिता र स्वामित्व विना पनि सहकारीको समस्या समाधान हुन सक्दैन । सहकारी व्यवस्थापनमा मात्र होइन र समस्याग्रस्तता व्यवस्थापन पनि सहकारीताको अवधारणामा आधारित पेशागत संस्थागत विकासवाट हुनु पर्दछ । आजको समस्याको जड समस्या होइन समाधानको स्पष्ट नीतिगत व्यवस्था नभएर हो ।

सहकारी कल्पबृक्ष मात्र पनि होइन । यसका समाधान हुन आवश्यक छ । समस्याको स्तर अनुसार व्यवस्थापनको ढाँचाहरु पनि परिभाषित हुन आवश्यक छ । कुनै पनि क्षेत्र समस्या नभएको हुन सक्दैन तर समस्याको आकारको आंकलन गरेर समाधानको विकल्प विकास गर्नुपर्दछ । त्यसका लागि अभियानलाई जिम्मेवार बनाउन आवश्यक छ ।

सदस्य सुरक्षाको केन्द्रः बचत तथा ऋण सहकारीहरुका सदस्यहरुको गुनासो तथा हक हितको संरक्षकको रुपमा अभियानले कामहरु गरिरहेको छ । बचत तथा ऋण सहकारीका सदस्यहरुको गुनासो अभियानले संबोधन गर्न आवश्यक छ ।

सदस्यहरुको रुचि, चाहना, आवश्यकता तथा क्षमताका आधारमा सेवाहरुको विकास र रुपान्तरणको सुनिश्चितता गर्न आ आवश्यक छ । अवको सदस्य संरक्षणको केन्द्र अभियान बन्नेछ । यसका लागि हामीले जिम्मेवार भएर काम गर्नुपर्दछ ।

अभियानको तथ्यांक तथा स्रोत केन्द्रः बचत तथा ऋण सहकारी अभियानको आफ्नै तयाथ्यांक संकलन, बिष्लेषण तथा उपयोगको वृहत ढाँचा बन्न आवश्यक छ । क्षमता विकास, प्रमाणिकरण तथा स्तरोन्नतीका लागि निरन्तर कार्यगर्न आवश्यक छ ।

एउटा संस्था वा सरकारले मात्र गर्न यो सम्भव छैन र सहकारीको सिद्धान्त बमोजिम हुनपनि सक्दैन । अभियान नै सहकारीको विश्व विद्यालय बन्न आवश्यक छ । हाम्रै सिकाइको सिंढि चढेर गन्तव्यमा पुग्न सकिन्छ भन्ने विस्वास सबै अभियानकर्मीमा हुन आवश्यक छ ।

पूर्व सूचना प्रणाली सेवा प्रदायकः बचत तथा ऋण सहकारीहरुको पूर्व सूचना प्रणाली अभियानमा नै विकास हुन आवश्यक छ । आजको वित्तीय कारोवारमा बिद्यमान जोखिम समयमा नै व्यवस्थापन गर्न एउटा व्याक्ति, संस्था वा बिधिवाट सम्भव छैन । यसका लगि पूर्व सूचना प्रणाली सेवा विकास हुन आवश्यक छ । त्यो कुनै बैंक वा वित्तीय संस्थाले पुरागर्न सक्दैन ।

बचत तथा ऋण सहकारी अभियान सबलिकरण गर्ने र दिगो विकासको सुनिश्चितता गर्ने हो भने हामी जिम्मेवार बन्नु पर्छ । सामुहिक रुपमा जोखिम व्यवस्थापन गर्न पूर्व सूचना प्रणाली विकास गरेर कार्यान्वयन गर्न आवश्यक छ ।

आन्तरिक लेखा परिक्षणः आन्तरिक लेखा परिक्षण र आन्तरिक नियन्त्रण प्रणाली स्तरिकण विना आजको सदस्यले अपेक्षा गरेको सुरक्षित संस्था विकास गर्न असम्भव छ । यसमा अभियानको जिम्मेवारी छ । संस्थाहरुमा सुशासन भएन भन्नु मात्र अभियानको काम होइन ।

सुधारको प्रयास हुन आवश्यक छ । यसका लागि आन्तरिक नियन्त्रण प्रणाली विकास नै एक मात्र समाधान हो । नीतिगत तथा व्यवसाय भन्दा माथि उठेर अभियानको संरक्षण गर्ने हो भने यसको अबलम्वन हुन आवश्यक छ । सामुहकि आन्तरिक लेखा परिक्षण प्रणालीको सुरुवात गरौं अभियानको संरक्षण गरौं । यसमा कुनै नीतिगत व्यवधान छैन ।

सह सरोकारका सवालहरुमा अभियानः बचत तथा ऋण सहकारीहरुको सह सरोकारका सवालहरुमा साझा अवधारणा विकास गरी कार्यान्वयन गर्न आवश्यक छ । अभियानमा यूवा तथा महिला सहभागित बृद्धि, वित्तीय शिक्षा, प्रबिधिमा आधारित सेवाहरुको पहुँच विस्तार, दिगो विकासका लक्ष्यहरुमा योगदान, समुदायका सरोकारहरुमा सहभागिता, उद्यमशिलता विकास आजको सबैको सरोकारको बिषय भएकोले सबैको सहभागितामा कार्यान्वयनको गति बृद्धि गर्न आवश्यक छ । सहकारी जिवन्त राख्न सह सरेकारका बिषयमा अभियानको योगदान बृद्धि गर्न आवश्यक छ ।

बैंक बनाउने कुरामा अभियान एक ठाऊँमा नै हुनु पर्छ । पहिलो प्राथमिकता संघ नै हुनु पर्दछ । अभियानको क्षमता बढनु पर्दछ । पहिला अभियान अनि व्यवसायको सिद्धान्त हुनु पर्दछ । अभियान व्यवसाय भन्दा माथि हो ।

अभियानको पुन संरचनाः परम्परागत रुपमा संघहरु पैरबी, तालिम तथा सदस्य सेवाका लागि हो वा Advocacy + Training + Member Services हो भने अव  Advocacy + Regulation Support + Data + Finance + Technology + Risk + Knowledge + Stabilization जोडिनुपर्छ ।

वित्तीय कारोवार रुपान्तरण वा बैंक स्थापनाः भरखर भएको ऐनको संशोधनले दिएका सबै विकल्पहरु उपयोग गरी अभियानलाई गति प्रदान गर्न आवश्यक छ । बैंक पेशागत हुन सक्छ । नाफामूलक हुन सक्छ । बचत तथा ऋण अभियानको आजको पहिलो आवश्यकता हुनसक्छ । तर संघ बन्न सक्दैन ।

संघहरुको क्षमता विकासमा सहयोग गर्ने बैंक हो । भूमिका न्यूनिकरण गर्न होइन । वित्तीय कारोवारलाई व्यवस्थित गर्न हो । बैंक बन्नु पर्छ । बनाउनु पर्छ । सबैको योगदान र सहभागिता हुनुपर्छ । बैंक बनाउने कुरामा अभियान एक ठाऊँमा नै हुनु पर्छ ।

पहिलो प्राथमिकता संघ नै हुनु पर्दछ । अभियानको क्षमता बढनु पर्दछ । पहिला अभियान अनि व्यवसायको सिद्धान्त हुनु पर्दछ । अभियान व्यवसाय भन्दा माथि हो । रुपान्तरण, सदस्यको बचतको सुरक्षा सम्भव छ । त्यसका लागि अभियान कमजोर बनाउनु हुंदैन । समय छ सबै एकजुट हुन आवश्यक छ ।

परिवर्तनको वर्षः यो बर्ष नेपालको बचत तथा ऋण सहकारी अभियानका लागि सामान्य वर्ष होइन । यो परिवर्तनको वर्ष हो। विगतको सहकारी अभियानको मुख्य प्रश्न थियो: हामी कति संस्था निर्माण गर्न सक्छौं ?” अबको प्रश्न हुनुपर्छ: हामी कति सुरक्षित, सक्षम, दिगो र सदस्यकेन्द्रित वित्तीय सहकारी संस्था निर्माण गर्न सक्छौं ?”

यही परिवर्तनसँगै अभियानको भूमिका पनि परिवर्तन हुनुपर्छ। अभियान National Credit Union Development, Stability, Knowledge, Technology and Advocacy Platform का रूपमा विकसित हुनुपर्छ । भविष्य निर्धारण गर्ने प्रमुख आधार सुशासन, पूँजी, तरलता, कर्जा गुणस्तर, जोखिम व्यवस्थापन, प्रविधि, नियामकीय अनुपालन, सदस्य संरक्षण र विश्वास नै हो ।

हाम्रो पहिचान Voice of the Sector, Builder of Capacity, Guardian of Standards, Engine of InnovationPlatform for Stability को रुपमा नेपालका प्रत्येक साकोसलाई सुरक्षित, सक्षम, प्रविधिमैत्री, सदस्यकेन्द्रित र दिगो वित्तीय सहकारी बनाउन योगदान गर्न आवश्यक छ ।



Leave a comment