हाइलाइट

रसुवा र नुवाकोटका साना किसान कृषि सहकारीमा मानवीय सहितको क्षती

रसुवा र नुवाकोटका साना किसान कृषि सहकारीमा मानवीय सहितको क्षती :: Sahakari Akhabar

काठमाडौं । भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा र नुवाकोटका साना किसान कृषि सहकारीमा मानवीय सहितको क्षती भएको छ । जिल्लामा रहेका साना किसान कृषि सहकारीका सदस्य तथा उनीहरुको ब्यवसायमा क्षती भएको हो ।

रसुवामा ३ वटा र नुवाकोटमा २६ वटा त्यस्ता सहकारी रहेको र तिनका सदस्यको विभिन्न ब्यवसाय पुरेको र बगाएको जनाइएको छ । दुई पिपल साना किसान कृषि सहकारी संस्था नुवाकोटका ब्यवस्थापक रमेशकुमार श्रेष्ठका अनुसार नुवाकोटको ७ देखि ८ वटा संस्थामा धेरै क्षती भएको छ भने रसुवाको २ वटा संस्था र संस्थाका सदस्यको क्षती भएको छ ।

दुई पिपल सहकारीका सदस्य सुन्दर नेपालको १८ सय कुखुराको टहरासहित सुन्दर कृषि फर्मसहित बस्ने घर, टहरा बगाएको जनाएका छन् । उनले  १५ देखि २० जना किसानको चाहिँ धानखेत लगायत बगाएको जनाए । उनले १५ देखि २० जना सदस्य पनि सम्पर्क विहिन भएको सम्पर्क गर्ने, खोजी गर्ने काम भइरहेको जनाए ।

एकिन तथ्याङ्क आउन बाँकी छ, उनले भने, ‘तुप्चेमा पनि हाम्रो कन्ट्याक्ट चाहिँ भा छैन, तर मलाई जहाँसम्म लाग्छ, त्यहाँ पनि धेरै जनधनको क्षति भएकोछ । अनि गेर्खु साना किसानमा चाहिँ मेरो विचारमा ५० भन्दा प्लस नै त्यहाँ मृत्यु भएकोछ ।

किनकि त्यो चाहिँ ठ्याक्कै रसुवा र नुवाकोटको संगमस्थल हो ।’ बेत्रावतीबाट अलिकति अगाडि व्यापक क्षति भएको उनले जनाए । उनले भने, ‘हाम्रा चाहिँ ठूलो क्षती भएको छैन, किनकी हामीले चाहिँ खबर पहिले पनि पाउन सफल भयौँ । त्रिशूली नदीमा जोडिएका जति थिए, गेर्खु तुप्चे, खड्गभञ्ज्याङ, तारुका र रसुवाको लहरेपौवा लगायतका ठाउँहरू चाहिँ व्यापक नै क्षती भएको छ ।



Leave a comment