काठमाडौं । उर्लाबारी मोरङको नारी संकल्प बचत तथा ऋण सहकारी संस्थाले रसुवाका बाढीपिडितहरुको सहयोगका लागि ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । संस्थाको आज बसेको सञ्चालक समितिको बैठकले रसुवामा आएको बाढीका कारण सिङ्गो मूलुक शोकमा रहेको वर्तमान अवस्थामा तीज मिलन कार्यक्रम २०८३ स्थगित गर्दै उक्त कार्यक्रमका लागि छुट्याइएको रकम ५० हजार रुपैयाँ पीडितहरुको राहत उद्दार तथा पुनस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको जनाएको छ।
यसैगरी, संस्थामा आवद्ध सदस्यहरुलाई पनि मानवीय संवेदनालाई मध्यनजर गर्दै सकेअनुसार सहयोग गर्न संस्थाले आग्रह पनि गरेको अध्यक्ष गोमा नेपालले जानकारी दिइन । संस्थाका ब्यवस्थापक चित्र न्यौपानेले यस्तो राष्ट्रिय शोकको घडीमा सहकारीले समुदायप्रति चासोको सहकारी सिद्धान्तलाई शिरोपर गर्दै सहयोगको लागि निर्णय गरेको बताए ।
Leave a comment