काठमाडौं । रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाबाट रसुवाको भोटेकोशी त्रिसुली नदिमा आएको बाढी पिडितकालागि प्रधानमन्त्री राहतकोषमा ८ लाख रुपैंयाँ सहयोग गर्ने घोषणा गरेको छ । संस्थाका शेयर सदस्यहरू, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमितिहरू तथा सम्पूर्ण कर्मचारीको तर्फबाट ऐक्यबद्धता जनाउँदै उक्त सहयोग गर्ने घोषणा गरेको हो ।
संस्थाले नेफ्स्कून मार्फत प्रधानमन्त्री राहतकोषमा ८ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको जनाएको छ । उक्त रकम संस्थाले सबै शेयर सदस्यहरुबाट प्रति सदस्य १० रुपैंयाँ निकाल्न पाउनेगरि हरेक वर्षको साधारण सभामा गरिएको निर्णय अनुसार, ४५ हजार सदस्यबाट ४ लाख ४५ हजार, संस्थाका समिति उपसमितिबाट १ लाख कर्मचारीबाट १ लाख र संस्थाले १४५ हजार गरी ८ लाख सहयोग गरिएको जनाइएको छ।
संस्थाले सामाजिक उत्तरदायित्व बहनगर्दै समुदायको सुखदुःखमा साथदिन जनउत्थान साकोस सधैँ प्रतिबद्ध रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रनबहादुर थापाले बताए ।
Leave a comment