काठमाडौं । बालाजुमा रहेको ॐ साईराम बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा २५ हजार ५०५ रुपैंयाँ योगदान गर्ने निर्णय गरेको छ । संस्थाले राष्ट्रिय विपत्तिमा सहयोग गर्नु संस्थागत दायित्व भएको भन्दै सहयोग तथा ऐक्यबद्धता जनाउने निर्णय गरेको हो । संस्थाका सदस्य, कर्मचारी, संचालक तथा लेखा समितिको तर्फबाट २५ हजार ५०५ रुपैया मात्र प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा योगदान गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।
भदौ १० गते बिहान रसुवा जिल्लाको भोटेकोशी नदिमा आएको भिषण बाढिका कारण नागरिकहरुले भोग्नु परेको जनधनको अपुरणीय क्षति, विस्थापन तथा दैनिक जीवन यापनमा उत्पन्न कठिनाई प्रति ॐ साईराम बचत तथा ऋण सहकारी संस्था परिवार गहिरो दुःख व्यक्त गर्दै ऐक्यबद्धता समेत जनाएको छ ।
संस्थाले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरुको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकार, राष्ट्रिय सहकारी महासंघ तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आह्वान प्रति प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा योगदान गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष सुशिलकुमार बस्न्यातले जनाए ।
साथै अध्यक्ष बस्न्यातले यस्तो विषम परिस्थितिमा शेयर सदस्य, कर्मचारी, सहकारी अभियान, सहकारी संघ र संस्था, सामाजिक संघ र संस्था तथा सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरुलाई आआफ्नो सामथ्र्य अनुसार बाढि पहिरो प्रभावित नागरिकको सहयोगमा जुट्न हार्दिक अपिल गरेका छन् ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया