काठमाडौं । न्यूरोडमा रहेको कमल बहुउद्देश्यीय सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार ५५५ रुपैंयाँ सहयोग गरेको छ । संस्थाको आज बसेको संचालक समितिको बैठकको निर्णयले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त आर्थिक सहयोग गरेको हो ।
भदौ १० गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति, रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्र प्रभावित भएका छन् । सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका कार्यलाई तीव्रता दिदै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गर्न गरेको अपिल संगै संस्थाले उक्त सहयोग गरेको जनाएको छ ।
Leave a comment