हाइलाइट

किसान बहुउद्देश्यीय सहकारीबाट उद्धार कोषमा ७ लाख ५१ हजार सहयोग

किसान बहुउद्देश्यीय सहकारीबाट उद्धार कोषमा ७ लाख ५१ हजार सहयोग :: Sahakari Akhabar

काठमाडौं । लम्कीचुहा कैलालीको किसान बहुउद्देश्यीय सहकारीबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ लाख ५१ हजार सहयोग प्रदान गर्ने भएको छ । सहकारी संस्थाका सञ्चालक, कर्मचारीहरू तथा संस्थाबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग प्रदान गर्ने घोषणा गरिएको हो ।

यस विषम राष्ट्रिय परिस्थितिमा भोटेकोशी नदीमा आएको भीषण तथा आकस्मिक बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनस्र्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले संस्थाले कोषमा आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरिएको संस्थाका अध्यक्ष सुरेन्द्रकुमार शाहले जनाएका छन् ।

साथै संस्थाले यस दुःखद् एवं विपद्को घडीमा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा थप सहयोग पुर्याउन आफ्नो क्षमता र इच्छा अनुसार सहयोग उपलब्ध गराई मानवीय सेवामा हातेमालो गर्न अपिल गरेको छ ।



Leave a comment