काठमाडौं । भीमदत्त नगरपालिका कञ्चनपुरमा रहेको निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा ५१ हजार योगदान गर्ने निर्णय गरेको छ । संस्थाले राष्ट्रिय विपत्तिमा सहयोग गर्नु संस्थागत दायित्व भएको भन्दै सहयोग तथा ऐक्यबद्धता जनाउने निर्णय गरेको हो । संस्थाका शेयर सदस्य, कर्मचारी, संचालक, ऋण समिति, लेखा समितिको समेतको तर्फबाट ५१ हजार रुपैयाँ कोषमा योगदान गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।
भाद्र १० गते विहान रसुवा जिल्लाको भोटेकोशी नदिमा आएको भिषण बाढिका कारण नागरिकहरुले भोग्नु परेको जनधानको अपुरणीय क्षति, विस्थापन तथा दैनिक जीवन यापनमा उत्पन्न कठिनाई प्रति निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था परिवार गहिरो दुःख व्यक्त गर्दै ऐक्यबद्धता समेत जनाएको छ ।
संस्थाले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरुको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकार, राष्ट्रिय सहकारी महासंघ तथा कञ्चनपुर बहुउद्देश्यीय सहकारी संघको आव्हान प्रति प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा योगदान गर्ने निर्णय गरेको जनाएको छ ।
साथै यस्तो विषम परिस्थितिमा शेयर सदस्य, कर्मचारी, सहकारी अभियान, सहकारी संघ र संस्था, सामाजिक संघ र संस्था तथा सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरलाई आआफ्नो सार्मथ्य अनुसार बाढि पहिरो प्रभावित नागरिकको सहयोगमा जुटन समेत संस्थाको अपिल छ ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया