काठमाण्डौँ । आश्रय बहुउद्देश्यीय सहकारी संस्थाको १३ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले असोज १६ गते शनिबार संस्थाको आफ्नै आश्रय भवनमा सभा सम्पन्न गरेको हो । सभाले नयाँ संचलक समिति तथा लेखा समिति चयन गरेको छ ।
समितिको अध्यक्षमा प्रेम कृष्ण मानन्धर उपाध्यक्ष बिश्व कल्याण बड्गामी तथा सदस्यमा रमेश ध्वज बस्नेत, शान्त श्री रत्न बज्राचाय, बिजय लाल श्रेष्ठ, किरण रत्न शाक्य र श्रीमती सोनी बज्राचार्य निर्वाचित गरेको छ । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा बिमल श्रेष्ठ तथा सदस्यमा शुर्वण लाल प्रधान र प्रविण बहादुर सिंह निर्वाचित भएका हुन ।
सभामा संस्थाका प्रवन्ध संचालक राजेन्द्रकृष्ण श्रेष्ठले संस्थाको संचालक समितिका आर्थिक वर्ष ०७७र०७८ को बार्षिक प्रतिवेदन तथा आगामी वर्ष ०७८÷०७९ को निती तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
उनले उक्त आवको अन्तसम्ममा शेयर पूँजी २ करोड ६५ लाख ३३ हजार ६ सय रुपैंयाँ तथा जगेडा तथा अन्य कोषमा १ करोड ३८ हजार ७ सय रुपैंयाँ पुगेको जानकारी दिए ।
त्यसैगरी संस्थाले बचत २४ करोड ३२ लाख ७२ हजार ४ सय ९४ रुपैयाँ रहेको र वित्तिय लगानी २ करोड ९ लाख २० हजार, ऋण लगानी १५ करोड ३० लाख ८७ हजार ४ सय ५९ रुपैंयाँ रहेको जानकारी दिए ।
उनले संस्थाले आर्थिक वर्ष ०७७।०७८ मा ३ जना सदस्यको असामयिक निधन भएकोले राहत कोषबाट प्रति सदस्य १५ हजारका दरले राहत उपलव्ध गराईको बताए ।
Leave a comment