काठमाडौं । नेपालको पुनर्निर्माणमा मद्दत गर्न विश्वव्यापी क्रेडिट युनियन फाउन्डेशनले साकोसहरुलाई आग्रह गरेको छ । फाउन्डेशनले विश्वब्यापिरुपमा नेपालका साकोस र ति संग आवद्धभएका हरुकालागि सहयोग गर्न ‘नेपाल सहकारी पुनरुत्थान कोष’ स्थापना गरेको छ । नेपालको साथमा उभिनुहोस् साकोस समुदायहरूको पुनरुत्थानमा सहयोग गर्नुहोस् भन्ने आग्रह गरेको छ ।
गत अगस्ट २६ गते नेपालमा आएको विनासकारी पहिरो र भीषण बाढीपछि, विश्वव्यापी क्रेडिट युनियन फाउन्डेशन (Worldwide Foundation for Credit Unions) ले प्रभावित साकोहरू, तिनका सदस्यहरू र तिनीहरूमा निर्भर समुदायहरूलाई सहयोग गर्न ‘नेपाल सहकारी पुनरुत्थान कोष’ (Nepal Cooperative Recovery Fund) को सुरुआत गरेको जनाएको छ ।
फाउन्डेशनले भनेको छ, ‘यस बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा धनजनको ठूलो क्षति हुनुका साथै घरपार्क, जीविकोपार्जनका माध्यम र पूर्वाधारहरूमा व्यापक नोक्सानी पुगेको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) सँग आवद्ध नौ वटा साकोहरू प्रभावित क्षेत्रमा रहेका छन् ।
प्रभावको मूल्याङ्कन गर्न र कहाँ सबैभन्दा बढी सहयोग आवश्यक छ भनी पहिचान गर्न हामी स्थानीय साझेदारहरूसँग मिलेर काम गरिरहेका छौँ । नेफ्स्कूनले सार्वजनिक राहत प्रयासका लागि पहिल्यै १० लाख सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । अब, हामी विश्वव्यापी क्रेडिट युनियन अभियानलाई नेपालको साथमा उभिन आह्वान गर्दछौँ । आजै सहयोग गर्नुहोस् । नेपालको पुनर्निर्माणमा मद्दत गर्नुहोस्, यहाँ दान गर्नुहोस्’ https://give.doglobalgood.org/ge/nepal-recovery-2026
Leave a comment