हाइलाइट

नियमन प्राधिकरणले १० सहकारीका १९७ बचतकर्ताको रकम फिर्ता गरायो

नियमन प्राधिकरणले १० सहकारीका १९७ बचतकर्ताको रकम फिर्ता गरायो :: Sahakari Akhabar

काठमाडौं । लामो समयदेखि रोकिएको बचत रकम फिर्ता हुने क्रमसँगै पछिल्लो पटक विभिन्न १० वटा सहकारीका १९७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् । ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन् ।

बाँकी ९ वटा सहकारी संस्थाका २३ जना बचतकर्तालाई विभिन्न परिमाणमा बचत रकम फिर्ता गरिएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जनाएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अनुसार सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई प्रक्रिया पूरागरी रोकिएको बचत रकम फिर्ता गराइएको प्राधिकरणले जनाएको छ।



Leave a comment