हाइलाइट

चन्द्रागिरि साकोसद्धारा ७ लाख ५१ हजार रुपैयाँ सहयोग

चन्द्रागिरि साकोसद्धारा ७ लाख ५१ हजार रुपैयाँ सहयोग :: Sahakari Akhabar

काठमाडौं । चन्द्रागिरि नगरपालिका काठमाडौमा रहेको चन्द्रागिरि बचत तथा ऋण सहकार िसंस्थाले उद्धार कोषमा ७ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाले आफ्ना सदस्य, समिति र उपसमिति, कर्मचारी तथा संस्थाको संयुक्त योगदानबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

संस्थाले रसुवाको भोटेकोशी नदीमा अचानक भीषण बाढी आई रसुवा, नुवाकोट तथा धादिङ जिल्लामा अकल्पनीय भौतिक तथा मानवीय क्षती भएको हुँदा बाढीबाट प्रभावित परिवारहरुको राहत उद्धार तथा पुनःस्थापनामा सहयोग पुयाउने उद्धेश्यले उक्त रकम सहयोग गर्ने निर्णय गरेको जनाएको छ । विपतको यस कठिन घडीमा पीडित परिवारहरुप्रति गहिरो सहानुभुती व्यक्त गर्दै, सहयोग सद्भाव र मानवीय सेवामा सबैलाई हातेमालो गर्न संस्थाले आहृवान पनि गरेको छ ।



Leave a comment