हाइलाइट

नेपालका दुईवटा साकोसलाई एक्सेस ब्राण्ड

नेपालका दुईवटा साकोसलाई एक्सेस ब्राण्ड :: Sahakari Akhabar

काठमाडौं । नेपालका दुई बचत तथा ऋण सहकारी संस्थालाई सन् २०२६मा एशियाली ऋण महासंघ (अकू) द्वारा एक्सेस ब्राण्ड प्रदान गर्नेभएको छ । रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले सिल्भर र नवलपुरको मध्यनेपाल बचत तथा ऋण सहकारी संस्थाले ब्रोन्जस्तर ब्राण्ड प्राप्त गरेका हुन् । अकूको प्राविधिक सहजीकरणमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले सञ्चालन गर्दै आएको गुणस्तर सुनिश्चितता तथा प्रमाणीकरण कार्यक्रम हो ।

नेपालमा सन् २००६ देखि अभ्यासमा रहेको यस कार्यक्रममा हाल ८० वटा बचत तथा ऋण सहकारी संस्था सहभागी छन् । यस वर्ष एक्सेसको निर्धारित स्तर पूरा गरेका जनउत्थान साकोस, रुपन्देही र मध्यनेपाल साकोस, नवलपुरले अकू बाट हुने अडिटमा सहभागिता जनाएका थिए ।

एवान कम्पेटिभ च्वाइस अफ एक्सिलेन्स इन सर्भिस एण्ड साउण्ड (एक्सेस) अक्कूले हरेक वर्ष विभिन्न मूलुका साकोसहरुलाई प्रदान गर्दैआएको छ । एक्सेसमा वित्तीय दृष्टिकोण, सदस्य दृष्टिकोण, आन्तरिक व्यावसायिक प्रक्रिया तथा सिकाइ एवं वृद्धिका क्षेत्रमा कुल ८६ वटा सूचकका आधारमा संस्थाको स्तर मापन गरिन्छ ।

जनउत्थान बचत तथा ऋण सहकारीको ४ अर्ब ८१ करोड ६० लाख ७९ हजार रुपैयाँ कुल सम्पत्ति रहेको छ । ४४ हजार ४२८ सदस्य तथा ८९ कर्मचारी रहेका छन् । त्यसैगरी नवलपुरको देवचुलीमा रहेको मध्यनेपाल बचत तथा ऋण सहकारीको १ अर्ब ६४ करोड रुपैंयाँ कुल सम्पत्ति रहेको छ । संस्थामा ३३ हजार सदस्य तथा ४७ जना कर्मचारी छन् ।



Leave a comment