हाइलाइट

नेपालका पाँच ठूला सहकारीमा जर्मनीको ‘डिएसआइके’

नेपालका पाँच ठूला सहकारीमा जर्मनीको ‘डिएसआइके’ :: Sahakari Akhabar

काठमाडौं ।  नेपालका पाँच ठूला सहकारीमा जर्मनको जर्मन स्पार्कासेन फाउन्डेसन फर इन्टरनेसनल कोअपरेसन (डिएसआइके) को कार्यक्रम संचालन हुनेभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र German Sparkassenstiftung for International Cooperation (DISK) बीच पाँचवटा सहकारी संस्थामा उक्त कार्यक्रम लागु गर्ने सम्झौता भएको हो ।

क्षमता विकास तथा जोखिम व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । संघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेफ्स्कून, डिएसआइके र उक्त पाँचवटा सहकारी संस्थाका प्रतिनिधिबीच त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौता कार्यक्रममा नेफ्स्कूनका महासचिव घनश्याम अधिकारी, प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा, वरिष्ठ अधिकृत दुर्गाप्रसाद ढकाल, नविनराज दाहाल र डिएसआइके जर्मनकी aura Scaino सञ्जय झा तथा सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरी, जनउत्थान साकोसका रनबहादुर थापा, विकू साकोसका प्रमुख कार्यकारी अधिकृत माधव पौडेल, विन्धवासिनी साकोसका अध्यक्ष शान्ता कुमार क्षेष्ठ र प्रमुख कार्यकारी अधिकृत केबि लामा, पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भिम गुरुङको उपस्थिति रहेको थियो ।

सम्झौतामा डिएसआइके, नेफ्स्कून तथा छनौट भएका सहकारी संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । कार्यक्रम लागु हुने सहकारीहरुमा सहारा नेपाल साकोस झापा, जनउत्थान साकोस रुपन्देही, विकू साकोस नवलपरासी, विन्धवासिनी साकोस काभ्रे र पोखरा रोयल साकोस पोखरा रहेका छन् ।

न्यूनतम १५ महिनादेखि अधिकतम तीन वर्षसम्म सञ्चालन हुने कार्यक्रम, सम्पन्न भएपछि सहभागी संस्थाको वित्तीय स्वास्थ्य थप सुदृढ हुने, ऋणको जोखिम न्यूनीकरण हुने तथा कर्मचारीको क्षमता विकाससँगै सदस्यहरूको उद्यमशीलता वृद्धि हुने कार्यक्रमको अपेक्षा छ ।

सम्झौता अनुसार सहकारी संस्थाका ऋण शाखामा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि गरी स्तरीय तालिम प्रदान गर्नुका साथै उनीहरूलाई प्रमाणित गर्ने र ऋण जोखिम न्यूनीकरणमा सहयोग गर्नेछ । साथै, सहकारीका सदस्यलाई वित्तीय एवं व्यवसायिक शिक्षा प्रदान गर्ने तथा किसान र लघु उद्यमी सदस्यको क्षमता विकासमार्फत उद्यमशीलता प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

कार्यक्रम अन्तर्गत डिएसआइकेले प्राविधिक तथा संस्थागत सहयोग उपलब्ध गराउनेछ भने नेफ्स्कूनले समन्वय गर्ने र सम्बन्धित सहकारी संस्थाले कार्यक्रमको प्रत्यक्ष कार्यान्वयन गर्नेछन् । कार्यक्रम मार्फत संस्थाको वित्तीय सुशासन, जोखिम व्यवस्थापन तथा सदस्यहरूको व्यावसायिक दक्षता अभिवृद्धिका लागि विभिन्न तालिम तथा परामर्श सेवा सञ्चालन गरिने जनाइएको छ।

के हो डिएसआइके ?

यो जर्मनीको एक गैर नाफामूलक विकास संस्था हो । यसको मुख्य उद्देश्य विकासोन्मुख र उदयमान देशहरूमा वित्तीय साक्षरता बढाउनु, लघु तथा साना व्यवसायलाई सहयोग गर्नु र वित्तीय पहुँच विस्तार गर्नु हो । जर्मन स्पार्कासेन फाउन्डेसन फर इन्टरनेसनल कोअपरेसन (डिएसआइके)  (German Sparkassenstiftung for International Cooperation (DSIK) सन् १९९२ मास्थापना भएको संस्था हो ।

जर्मनीको बोनमा मुख्यालय रहेको मुख्यतयः संस्थाले वित्तीय शिक्षा र साक्षरतामा काम गर्ने, मानिसहरूमा बचत गर्ने र बजेट व्यवस्थापन गर्ने बानीको विकास गर्ने काम गर्छ । साथै साना तथा मझौला उद्योग र साना उद्यमीहरूलाई तालिम तथा वित्तीय पहुँचमा सहयोग र्पुयाउने यसको उद्धेश्य रहेको छ भने विकासोन्मुख देशका स्थानीय बैंक, सहकारी र वित्तीय संस्थाको क्षमता अभिवृद्धि गर्ने काम गर्दैआएको छ ।



Leave a comment